
बागलुङको बडिगाड गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । सर्वसिद्धि मिडिया प्रालि बागलुङको आयोजना र बडिगाड गाउँपालिकाकाको सहयोगमा सार्वजनिक सुनुवाई गरिएको हो ।
सार्वजनिक सुनुवाईमा पालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुबाट आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो । नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै पालिकालाई जिम्मेवार र आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप बारे थप जानकारी दिन पनि सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।
कार्यक्रममा कमल पौडेल, बेद प्रसाद घिमिरे, कृष्ण बहादुर घिमिरे, जित बहादुर घर्ति, झग बहादुर जिसि लगाएतले सार्वजनिक सम्पत्तिको संरक्षण, वाटोघाटो , विधुत, खानेपानी, पालिकाको राजश्व संकलन,वाँदर आतंक, विमा, मध्यपहाडि लोकमार्गको अवस्था, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा प्रश्न राख्नुभएको थियो। कार्यक्रममा उठेका सवालमाथि जवाफ दिदैँ गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाको श्रोत र साधनले भ्याए सम्म सवै नागरिकले अपनत्व महशुस गर्ने गरि सेवा दिन पालिका तत्पर रहेको बताउनु भयो ।
अध्यक्ष अधिकारीले नागरिकले आफ्नो दायित्व वहन नगर्दा राजश्व संकलन तथा सेवा प्रवाहमा समेत समस्या हुने गरेको भन्दै सवै आआफ्नो क्षेत्रमा जिम्मेवार बन्न आवश्य रहेको बताउनु भयो । सार्वजनिक सुनुवाई कार्यक्रममा आएका सललाह सुझाव र समस्यालाई कार्यपालिका बैठकमा छलफल गर्ने जनताका माग लाई प्रदेश र केन्द्र सम्म समाधनका लागी पहल गर्ने तथा वडाले गर्न सक्ने आधरभुत समस्या समाधानका लागी तत्काल कार्य गर्दै जाने बताउनुभयो ।
कार्यक्रम बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले सेवाग्राहीहरुले पारदर्शीता र जवाफदेहिताका विषयमा उठाएका सवाललाई पालिकाले समाधान गर्दै जाने बताउनु भयो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०७९र८० को दोश्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीले बडिगाड गाउँपालिकाले ६३.२ प्रतिशत वित्तिय खर्च गरेको जानकारी गराउनु भएको थियो।
कार्यक्रममा सर्वसिद्धि मिडिया प्रालिका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले सार्वजनिक सुनुवाई कार्यक्रमले आगामी कार्ययोजना तयार गर्न र पालिकाले गरेका गतिविधिलाई पारदर्शी बनाउन टेवा पुग्नेबताउनु भयो। कार्यक्रम सर्वसिद्धि मिडिया प्रालिका सदस्य राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।



















