
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ट्राफिक जनचेतना लगायत समसामयिक बिषयमा ट्राफिक सप्ताह कार्यक्रम गर्ने भएको छ ।बैशाख २५ गतेदेखि ३१ गतेसम्म बागलुङ सदरमुकाममा ट्राफिक सप्ताह कार्यक्रम संचालन गर्न लागेको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।
सप्ताहकाे पहिलो दिन बैशाख २५ गते ट्राफिक सचेतना मुलक प्लेकार्ड सहित बागलुङ सदरमुकाममा -याली निकाली जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको प्रमुख अतिथ्थतामा बालकलाई हेलमेट लगाइ दिएर
उद्घाटन गर्ने ।बैशाख २६ गते चाेक चाेकमा ट्राफिक प्रहरी संगै स्वयंसेवक परिचालन गर्ने जनचेतनामूलक पर्चा पम्प्लेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डाखुल्डी पुर्ने तेस्रो दिन ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने स्टिकर टाँस मास्क वितरण गर्ने छट तथा हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण दिने प्रमुख खड्काले बताए ।
ट्राफिक सप्ताको चाैथाे दिन चालक परिचालकलाई प्रशिक्षण गरि सडकमै सवारी चालकलाई परिचालकलाइ प्रशिक्षण प्रदान गर्ने पाेशाक प्रयोग जुत्ता लगाएको नलगाएकाे आेभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।
यस्तै ट्राफिक सप्ताको पाँचौं दिन ट्राफिक सप्ताहकाे ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोग कर्ता र बिद्यालयमा बिद्यार्थी लाई प्रशिक्षण छैठौं दिन स्वास्थ संस्था संग समन्वय गरि चालक सहचालकलाई स्वास्थ जाँच ब्लड प्रेशर आँखा जाँच गर्ने पर्चा पम्प्लेट वितरण गर्ने गर्ने र सप्ताको अन्तिम दिन बैशाख ३१ गते पत्रकारहरू संग ७ दिने कार्यक्रमकाे समिक्षा गर्ने दुर्घटना बाट ज्यान गुमाएका ब्यक्तिहरूकाे संझनामा बागलुङको प्रमुख चाेकमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी प्रमुख खड्काले बताए ।
बागलुङ जिल्लामा ट्राफिक प्रहरीको सक्रियता बढेसंगै सामुदायिक बिद्यालय ,निजी बिद्यालयमा ट्राफिक सचेतना मुलक अन्तर्किया ठूलो सवारीसाधन चलाउने चालक सह चालक माेटर साइकल चलाउने चालकलाई परिक्षण सडकमा यात्रा गर्ने यात्रुलाई प्रशिक्षण दिइएपछि जिल्लामा सवारी दुर्घटनामा कमि आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बैशाख २५ गतेदेखि ३१ गतेसम्म सप्ताह ब्यापी रूपमा संचालन हुने ट्राफिक सप्ताह सफल बनाउन गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कास्की जिल्ला प्रहरी कार्यालय बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङकाे आयोजक रहेको छ । बागलुङ जिल्लामा रहेकाे सामाजिक संघसंस्था विभिन्न धार्मिक संघसंस्था आमा समूह लगायतका १५० वटा संस्था संग सहकार्य गरेर सप्ताह ब्यापी कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना रहेको छ ।



| ReplyForward |












