
ताराखोला गाउँपालिकामा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ताराखोला गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकिहरुमा निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको हो । महिलाहरूमा हुने प्रजनन् रुग्णता, स्तन क्यान्सर, फिस्टुला, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर को परिक्षण सहित सामान्य लक्षण देखिएमा बच्ने उपायबारेमा समेत जानकारी गराइएको थियो ।
फाल्गुन १ गते अर्गल स्वास्थ्य चौकिबाट सुरु भएको शिविर २ गते ताराखोला, ३ गते हिल हुँदै आज ४ गते अमरभूमी स्वास्थ्य चौकिमा परिक्षण गरि सम्पन्न भएको हो ।

४ दिन सम्म सञ्चालन गरिएको शिविरमा १ सय ८८ जनाको परिक्षण गरिएको थियो जसमध्ये १४ जना महिलाहरुको पाठेघर खस्ने समस्याको उपचार र अन्य १० जना महिलाहरुलाई थप उपचारका लागि ठुला अस्पतालमा रिफर गरीएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए ।









