कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका शर्मा तारेखमा रिहा

-


     हिडन खबर    
     वैशाख ४ गते २०८० मा प्रकाशित


कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका बागलुङ नगर खानेपानि तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्मा रिहा भएका छन् ।

मदिरा सेवन गरि कर्मचारी दुव्र्यवहार गरेका शर्मालाई जिल्ला प्रहरी कार्यलयको टोलीले आईतबार साँझ पक्राउ गरेको थियो ।
अबका दिनमा गल्ती नदोहोर्याउने कागज गराई तारेखमा सोमबार साँझ रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै कर्मचारीले प्रहरीलाई खवर गरेपछि जिल्ला प्रहरी कार्यलय बागलुङको टोलीले शर्मा सहित नगर खानेपानीका सवारी चालकलाई पनि नियन्त्रणमा लिएको थियो ।

मदिरा सेवन गरेका प्रवन्धक शर्मा र सावरीचालकलाई नियन्त्रण लिई धौलागिरी अस्पतालमा स्वास्थ्य परिक्षण गरि जिल्ला प्रहरी कार्यलयमा राखिएको थियो।

पिडित कर्मचारी र प्रबन्धक शर्मा तथा नगर खानेपानी उपभोक्ता समितिको रोहोवरमा भएको छलफलमा अवका दिनमा गल्ती नदोहोर्याउने गरि कागज गरि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।

सामाजिक संस्थाको प्रमुखले मदिराले लठ्ठीएर कर्मचारीमाथि मानमर्दन गर्दै दुर्ववहार गरेको घटना बाहिरिएपछि यत्रतत्र संस्थाको आलोचना भइरहेको छ ।
यसो त बागलुङ नगर खानेपानीमा नयाँ कार्यसमिति चयन नहुनु, साधारणसभा नहुनुले व्यापक आर्थिक अनियमितता गरिएको भन्दै चौतर्फी बिरोध हुँदै आएको छ ।
आर्थिक अनियमितता भएको भन्दै यस अगाडिको समितिका कोषाध्यक्षले समेत राजिनामा दिएका थिए ।