बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ

-


     हिडन खबर    
     वैशाख ३ गते २०८० मा प्रकाशित


बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक पक्राउ परेका छन् ।

आईतबार साँझ मदिरा सेवन गरि बागलुङ नगरपालिका ३ सुल्डाँडा स्थित पानी प्रसोधन केन्द्रमा ट्याङकीका चौकिदार र उनको परिवारका साथै अन्य कर्मचारि माथि गालिगलौज तथा अभद्र व्यावहार गरेको भन्दै बागलुङ नगर खानेपानी उपभोक्ता सस्थाका प्रवन्धक हिमाल शर्मालाई जिल्ला प्रहरी कार्यलय बागलुङले पक्राउ गरेको हो ।

मदिरा सेवन गरि नगरखानेपानिको गाडीमा आई आफुहरुलाई तथानाम गाली गर्नुका साथै किचनमा खाना पकाउदै गरेकी आफ्नी छोरीलाई हातपात गरेको नगरखानेपानीका एक कर्मचारीले बताए ।

मदिरा सेवन गरेका प्रवन्धक शर्मा र सावरीचालकलाई नियन्त्रण लिई स्वास्थ्य परिक्षण गरि जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।

खानेपानीका पाईप झार्न बोलाई मदिरा सेवन गरि कार्यलय प्रमुखले आफुहरुलाई दुर्ववहार गरेको नगरखानेपानीका एक कर्मचारीले बताएका छन ।

मदिराले लठ्ठिएर आफुहरुलाई अभद्र व्यवहार गरेको भन्दै आवश्यक कारवाही हुनुपर्ने खड्काको भनाइ रहेको छ ।

घटनाको बिषयमा गुनासो र उजुरी आएपछि प्रहरीले प्रबन्धक हिमाल शर्मा र सवारीचालकलाई नियन्त्रण लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।

उता उपभोक्ताको लागि खानेपानी वितरण गर्ने नगर खानेपानीमा आर्थिक अनियमितता हुनेगरेको भन्दै उपभोक्ताहरुले पटकपटक विरोध तथा अदालतमा मुद्दा समेत दायर गर्दै आएका छन । खानेपानी संस्था यो हदसम्म बेथितिपुर्ण हुनुमा प्रबन्धक शर्मा नै मुख्य दोषी भएको उपभोक्ताहरुको ठहर छ भने शर्माले खानेपानीको बक्यौता धेरै भएकाहरुलाई समेत ढाकछोप गर्ने गरेको संस्थाका एक कर्मचारीले बताएका छन ।

स्मरण रहोस् संस्थाको गाडी समेत पारिवारिक प्रयोजनका लागि समेत पटकपटक दुरुपयोग गर्ने गरेको गोप्य स्रोतले बताएको छ ।