बागलुङमा स्कुल बस दुर्घटना

-


     हिडन खबर    
     वैशाख ३ गते २०८० मा प्रकाशित


बागलुङमा स्कुल बस दुर्घटना भएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा शनिबार राति लहरेपिपल माध्यमिक विद्यालयको स्कुल बस दुर्घटनामा परेको हो ।
शनिबार राति बागलुङ बजारबाट लहरेपिपल जाँदै गरेको बस चालकले मदिरा सेवन गरि चलाएको कारण लहरेपिपल माविको ग १ झ १८७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको र चालक गलकोट नगरपालिका–२ नरेठाटीका ३१ वर्षीय अर्जुन खत्रीलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको खड्काले बताउनुभयो ।