
बहुचर्चित अमेरिकी प्रकरण मिलिनियम च्यालेन्स कर्पोरेसन एमसिसि नेपालमा लागू गर्न खाेजेकाे बिराेधमा आयोजना गरिएको नेपाल बन्दकाे प्रभाव बागलुङ जिल्लामा पनि परेको छ ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी तथा देशभक्त गणतान्त्रिक मोर्चा सहितको संलग्नतामा आयोजना गरेको नेपाल बन्दकाे कारण गण्डकी प्रदेशको मुख्य ब्यापारी केन्द्र बागलुङ सदरमुकाममाका बजार यातायात बन्द रह्यो ।
बागलुङ सदरमुकाममा नेपाल बन्द गराउने राजनीतिदल बन्द गराउन नहिडेपनि व्यापार व्यावसायीले बिहान देखि बन्द गरेको देखिन्छ ।
दूध, पानी तरकारी एवं अत्यावश्यक सामाग्री बोकेका सवारी साधन बाहेक अन्य सवारीका साधनहरु फाट्टफुट्ट मात्रै चलेको देखिन्छ भने बागलुङ बाट चल्ने लामो दुरी छाेटाे दुरीका यातायातका साधन चलेका छैनन् ।
बन्दले दैनिक ज्यालादारीमा कामगर्ने सर्वसाधारणको दैनिकीमा भने प्रत्यक्ष असर गरेको छ ।

यता गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको कारणले पनि सरकारी एवं गैरसरकारी कार्यालय र शैक्षिक संघसंस्थाहरु बन्द रहेकाे कारण पनि सदरमुकाममा चहलपहल देखिदैन ।
गृह मन्त्रालयले परिपत्र गरि सर्कुलर गरेसँगै बजारमा बाक्लो उपस्थितिमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्लि मगरले बताए ।













