
क्रिकेट खेलकाे माध्यम बाट देशको नाममा अन्तर्राष्ट्रिय जगतमा उचाे राख्न उल्लेखनीय भुमिका खेलकाे भन्दै बागलुङमा दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
क्रिकेट खेलकाे माध्यम बाट राष्ट्रकाे नाम उच्च बनाएको भन्दै
बागलुङ नगरपालिकाले क्रिकेटर करण केसी र सुवास भण्डारीलाई सम्मान गरेकाे छ । राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई आफ्नो जन्म भुमि बागलुङमा एक कार्यक्रम बिच बागलुङ नगरपालिकाले सम्मान गरेकाे हाे ।
आफ्नो जन्म भुमिमा सम्मानित हुन पाउदा खुशी लागेको नेपालमा क्रिकेट खेलकाे भबिस्य राम्रो भएको हुदा खेलाडीले अझै मेहनत गर्न जरुरी रहेको क्रिकेट खेलाडी करण केसीले बताए ।
क्रिकेट खेललाई माथि पुर्याउन सरकार ,स्थानीय तहले सहयोग गर्न जरुरी रहेको खेलाडीकाे मेहनत रहेको छ अझै राम्रो वातावरणकाे जरुरी रहेको केसीले बताए ।
सरकारले खेलकुदमा लगानी कम मात्रै गरेको छ क्रिकेट खेल खेल्ने खेलाडीलाई हाैसला र सम्मान जरुरी रहेको जिल्ला क्रिकेट संघ बागलुङले जनाएको छ ।
बिश्व कपमा छनाैट भएका क्रिकेट टिमका खेलाडी संग बसेर फाेटाे खिच्न पाउँदा बिद्यार्थीहरू खुशी भएको बताए ।
क्रिकेट खेलमा बिश्व कपमा छनाेट भएपछि सम्मानकाे लागि गृह जिल्ला बागलुङ आएकाे बेला बागलुङ नगरपालिका वडा नम्बर ३ मा अवस्थित आदर्श बिद्यामन्दिर बिद्यालयमा अध्ययनरत बिद्यार्थी संग बसेर सामुहिक फाेटाे खिच्नुका साथै बिद्यार्थी लाई अटाे ग्राफि समेत दिएका थिए ।
देशको प्रतिनिधित्व गरी अन्तराष्ट्रियस्तरमा खेल मार्फत देशको नाम राख्न सफल भएकोले खेलाडीहरुलाई सम्मान गरिएकाे नगरपालिकाले जनाएको छ । राष्ट्रिय खेलाडीको प्रोत्साहन र अन्य खेलाडीहरुलाई पनि हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएकाे कार्यक्रममा जानकारी गराएका थिए ।
नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख र यू–१९ विश्वकप छनोटमा नेपाललाई विश्वकपसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित नगरपालिकाले सम्मान गरेको थियोे ।
आईसीसी विश्वकप लिग टु का खेलमा करणले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । करण नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर अलराउण्डर हुनभने सुवास यू–१९ क्रिकेट टोलीका स्पिनर हुन् ।















