बागलुङ नगरपालिकामा आधारभूत तह परिक्षा भोलिदेखि: तयारी पूरा

- परिक्षामा बागलुङ नगर भित्रका ५० विद्यालयका कुल १ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् ।

-


     हिडन खबर    
     चैत्र ४ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका भित्र भोलिदेखी सञ्चालन हुने यस वर्षको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको तयारी पूरा भएको छ ।

बागलुङ नगरपालिका नगर शिक्षा शाखाको आयोजना एवं व्यवस्थापनमा सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यस वर्षको परिक्षामा बागलुङ नगरपालिका भित्रका ५० वटा विद्यालयबाट कुल १ हजार २ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाकालागि नगरभित्र २७ वटा परिक्षा केन्द्र तोकिएको नगर शिक्षा अधिकारी पोखरेलले बताउनुभयो ।

विगतका वर्षहरूमा होम सेन्टरमा परिक्षा सञ्चालन गरिएको भएपनि शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले यसवर्ष देखि भने छुट्टै परीक्षा केन्द्रमा परिक्षा सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।