
बागलुङ नगरपालिका वडा नम्वर ५ रहेको कमेरे मुलमा निर्माणधिन खानेपानी ट्याङकीको संरचना सरकारी कर्मचारीको सम्लग्नतामा तोडफोड भएको छ ।
बागलुङ नगरपालिका ५, साविक मालिका गाविसको कमेरे मुहानमा बागलुङ नगरपालिका ४ र म्यादीको बेनी नगरपालिका १ साविकको रत्नेचौर गाविस बिचको खानेपानी मुल विवाद समाधानको पहल भैरहेको वेला बागलुङ नगरपालिकाले करिव २ लाख खर्च गरेको संरचना शनिवार तोडफोड भएको हो । संरचना निर्माण भएको ५ दिन नवित्दै तोडफोड भएको छ । उच्च अदालत बागलुङ पोखरा इजलासका कार्यरत म्याग्दीको बेनी नगरपालिका १ अर्जमका सोम बहादुर थापा, स्थानिय सस्ट बहादुर थापा लगाएतको टोलीले तोडफोड गरिरहेको अवस्थामा स्थलगत रुपमा अनुगमनमा पुगेका वडा नम्वर ४ का वडा सदस्य अर्जुन सापकोटा, गोविन्द पुन लगाएत स्थानिय र पत्रकारको टोलीले फेला पारेको थियो ।
सो स्थानको मुलको पानी साविक मालिका गाविसको बान्द्रे र बागलुङ नगरपालिको साविक वडा नम्वर १० तथा ११ हालको बागलुङ नगरपालिका ४ मा खानेपानी ल्याउन पहल सुरुभै २०५८ सालमा मुल दर्ता भएको थियो । सो समयमा बागलुङका उपभोक्ताले विच्छाएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेशिन लगाएतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानियले लुटेर लगेको भन्दै तत्कालिन उपभोक्ता समितिले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयमा उजुरी समेत दिएको तत्कालिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णराज शर्माले बताउनुभयो । सशस्त्र द्धन्द तथा शंकलकालको अवस्था रहेकोले पानीको काम अघि वढ्न नसकेकाले अहिले काम सुरु गर्दा राज्यको लगानी सरकारी कर्मचारीको संलग्नतामा तोडफोड हुनु दुखद भएको बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताउनुभयो । बागलुङ खण्डमा रहेका करिव एक दर्जन खानेपानी मुलका पानी म्याग्दीको रत्नेचौरमा लगि खानेपानीका साथै रत्नेचौरको फाँटमा सिंचाई हुँदै आएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएको बागलुङ नगरपालिका वडा नं ५ को बान्द्रे, वडा नं ४ को कुँडुले फेदी, कुँडुले छाप, दाह्रेगौडा, रमेटार, उपल्लाचौर, डुङढुंगा लगाएतका बस्तीमा खानेपानी ल्याउने तयारी रहेको छ । एका तर्फ मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको खानेपानी नै उपभोग गर्न नपाउने अर्को तर्फ पानीको श्रोतहरु खेर जाँदा समेत ल्याउन नदिने प्रवृतीले मानिसको नैसर्गिक अधिकार हनन भएको छ भने संविधानमा उल्लेख भएको मानव अधिकारको समेत उल्लङघन भएको नेपाल बार एसोशियन बागलुङका अध्यक्ष अखिलनाथ शर्माले बताउनुभयो । सरकार भन्दा पनि माथी रहेर मानोमानी ढंगले खानेपानीका मुहानहरुलाई मेरो र तेरो गरी प्राकृतिक श्रोतलाई जग्गादाता हुँ भनि कब्जामा लिन खोजेको बागलुङ नगरपालिका ४ का स्थानियबासीले आरोप लगाएका छन् ।
बागलुङ नगरपालिका ५ कमेरे मुलको विषयमा बागलुङ र म्यादीको बेनी नगरपालिका १ रत्नेचौरका स्थानिय बिचको खानेपानी मुल विवाद हुदा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधि बिच सहमतिको प्रयास भैरहेको छ ।
विक्रम सम्मत २०५८ साल देखिको यो विवादले अन्ततस् २१ वर्ष पछाडि बागलुङ र रत्नेचौरका उपभोक्ता बिच दुवै स्थानीय निकायका जनप्रतिनिधि, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा बैठक बसेको थियो ।
जिल्ला समन्वय समिति म्यादीका प्रमुख राज कुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ, उप९प्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, म्यादीका प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, बेनी नगरपालिका९१, रत्नेचौरका वडा अध्यक्ष टेक बहादुर थापा, बागलुङ नगरपालिका९४, का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा लगायत दुवै पक्षका उपभोक्ताको उपस्थितिमा बागलुङ बजारमा बसेको संयुक्त बैठकले २१ वर्षदेखिको खानेपानी विवादलाई समाधानको लागि घनिभुत छलफल गरेको निष्कर्शमा पुग्न सकेको छैन ।











