
एक बर्ष देखि रसिया र युक्रेन बिच घमासान रूपमा युद्व चलिरहेको छ युद्धको कारण त्यस देशका लाखौं नागरिक विस्थापित भइरहेको बेला रसिया ,युक्रेन लगायत १० देशका अन्तर्राष्ट्रिय कलाकार महाशिवरात्री पर्वको संन्ध्यामा नेपालकाे पुरानो धार्मिक संस्कृति लाई आफ्नो कला मार्फत प्रस्तुत गरेका छन् ।
गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बागलुङको आयोजनामा एकैसाथ १० देशका ३० जना अन्तर्राष्ट्रिय कलाकारहरुले अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक प्रस्तुती दिएका छन् ।
महाशिवरात्रीको अवसरमा फागुन २ गते आयोजना गरिएको महारात्री कार्यक्रममा विदेशी कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुतीका माध्यमबाट नेपाली संस्कृतीको महानता गान गर्नुका साथै संरक्षण गर्न पनि सन्देश दिएकाे इस्काेन नेपालका केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दासले बताए ।
कला, संस्कृति तथा धार्मिक परम्परालाई संरक्षण गरी प्रवद्र्धन गर्न यतिबेला बिदेशीहरू लागि परेको हामी भने हाम्रो संस्कृति लाई भुल्दै गइरहेको गण्डकी प्रदेशका सांसद दिपेन्द्र थापाले बताए ।
रसिया र युक्रेन बिच युद्ध चलिरहेको छ तर त्यस देशका कलाकार भने एकजुट भएर नेपाली धर्म संस्कृतिकाे संरक्षण गर्ने अभियान लागि रहेको इस्काेन नेपालका भुवन खड्काले बताए ।
रसिया र युक्रेनकाे युद्धले आफुलाई पीडा भएपनि नेपालकाे धर्म संस्कृति राम्रो भएको कारणले आफुहरू यसबाट प्रभावित भएर लागेको इस्काेन अन्तर्राष्ट्रिय अभियानकर्ता माधुर्य कादम्बिनीले बताए ।
विदेशी कलाकारले नेपाली झण्डा उचाली राष्ट्रिय गान सहित नेपाल राष्ट्रको सम्मान गर्दै कार्यक्रम उद्धाटन गरिएको कार्यक्रमले सहभागीहरुको मन जितेको थियो । ५०० भन्दा बढी दर्शकले भरिएको जाेजाेलाेपा पार्टी प्यालेसमा वेदा नाम गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक समुहले रामायण, भागवत, कृष्णलिला, शिवरात्री आदिमा आधारित नाटक , नृत्य तथा गितहरु प्रस्तुत गरेको थियो ।
रसिया, युक्रेन, अमेरिका, हंगरी, पोल्याण्ड ,बंगलादेश, भारत लगायतका देशबाट आएका कलाकारहरुले दर्शकलाई छुट्टै प्रकारको आध्यात्मिक रसास्वदन गराएका थिए ।
“महाशिवरात्रीले ठूलो महत्व बोकेको छ, हाम्रा धर्म, संस्कृति र परम्परा संरक्षणको अभावमा छन्, यिनीहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके नेपालमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने देखिन्छ ।
















