
सधैं भाषण र नारामा रमाउदै आएका माओवादीका नेता तथा कार्यकर्ता सामाजिक काममा जुटेका छन् ।सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपछि बागलुङमा बृहत सरफाई कार्यक्रम गरि जनयुद्ध दिवस मनाइएको छ । हातमा पन्जा कुचो बेल्चा लिएर बजार सरसफाइमा जुटेका हुन
माओवादीले २०५२ फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको सम्झनामा आज जनयुद्ध दिवस मनाईएको छ । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको दावी सहित आज बिभिन्न कार्यक्रम गरि बागलुङमा पनि जनयुद्ध दिवस मनाईएको हो । नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिको आयोजनामा २८ औं जनयुद्ध दिवसको अवसरमा बागलुङमा सरसफाइ कार्यक्रम गरिएको छ । सरसफाई कार्यक्रममा नेकपा माओबादीका नेता,सांसद,नगरपालिका उपप्रमुख, कार्यकर्ता,सुभेच्छुकहरु लगाए व्यक्तिहरुले सहभागीता जनाएका छन । बागलुङ नगरपालिका वडा नम्बर २ समिट चोकदेखि सुरु गरि जिपपार्क हुदै माओबादी पार्टी कार्यालय सम्म सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रममा सहभागीहरुले बजार र सडकको फोहोर सगै राजनितिक रुपमा देखिएको फोहोरलाई सफा गरि स्वच्छ ,सफा समाज निमार्ण गर्न सहयोग पुग्ने धारणा राखेका थिए । राजनीतिक फोहोरहरु बढदै गएको अवस्थामा त्यसलाई सुधार गर्न आवस्यक रहेको अवस्थामा दिवसले सन्देश दिन खोजेको गण्डकी प्रदेशका सांसद कुशुम बुढामगरले बताउनुभयो ।
दैनिक भाषणमात्र हुने गरेकोमा अव व्यवहारीक रुपमा देखिने गरि बिभिन्न कार्यक्रम गर्न लागिएको माओबादीका जिल्ला तहका नेताहरुले बताएका छन ।


शान्ति प्रक्रियापछि माओवादीले पटक पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए भने केही अझै बेपत्ता छन । बागलुङमा जनयुद्धको क्रममा १५ जना व्यक्ति अझै बेपत्ता रहेका छन । जनयुद्धको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।









