
बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसले भएका उद्योग धन्दा तथा हाेटल रिसोर्ट बन्द हुँदै गइरहेको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले पर्वतमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ।
एकजना व्यावसायीले करोडौं लगानी गरेर मध्यपहाडी लोकमार्ग अन्तर्गत पाेखरा बागलुङ सडकको पर्वत जिल्लामा सुविधा सम्पन्न रिसोर्ट शुरू गरेका छन् ।
गण्डकी प्रदेशको पर्यटकिय नगरी पर्वतमा धौलागिरीकै आकर्षक एवं सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याईएको हो ।
वैदेशिक रोजगारीका लागि झण्डै तीन दशक जापान बसेर फर्किएका बागलुङ नगरपालिका-३ निवासी प्रवेशकुमार राजभण्डारीले २० करोड लगानीमा रिसोर्ट संचालन ल्याएका हुन ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङस्थित पोखरा-बागलुङ राजमार्ग नजिकै मोदीखोलाको किनारमा झण्डै २० करोडको लगानीमा लालटिन रिसोर्ट संचालन गरिएको हो ।
मध्यपहाडी लोकमार्ग हुँदै छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका पर्यटकीय ठाउँहरुमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा दिने उदेश्यका साथ शान्त र मनोरम वातावरणमा रिसोर्ट संचालनमा ल्याएको सञ्चालक राजभण्डारीले बताए ।

मध्यपहाडी राजमार्गको मुख्य भागमा संचालन गरिएको सुविधा सम्पन्न रिसोर्टले धौलागिरि क्षेत्रमा धेरै पर्यटक तान्न सफल हुने नागरिक समाज पर्वतका पुर्व अध्यक्ष भाेलानाथ शर्माले बताए ।
काेराेनाको चपेटामा परिरहेको होटल तथा पर्यटनको क्षेत्रमा करोडौं रूपैयाँ लगानी गरेर पर्यटकलाई लक्षित गरि रिसोर्ट गण्डकी प्रदेशको लागि मात्रै नभएर देशको लागि समेत गाैरवकाे बिषय भएको यसले आर्थिक समृद्धिमा समेत भुमिका खेल्ने सहकारीकर्मि कवि न्याैपानेले बताए ।

रिसोर्टमा गण्डकी प्रदेशका ११ वटै जिल्लाको नाम गरेका छुट्टाछुट्टै आवासीय कटेजहरु समेत निर्माण गरिएको छ । प्रत्येक कटेजमा कम्तिमा दूई जनाको दर र बढिमा एक परिवार बस्न मिल्ने गरी तयार पारिएको बताउँदै राजभण्डारी हिडन खबर सँग भने “हामी सँग आउने पाउनाहरु आफु जुन जिल्लाको हो उ आफ्नो रोजाई अनुसारको आफ्नै जिल्लाको नामाकरण गरेको कोठामा सक्ने छ”
के उदेश्यले यस्तो संरचना निर्माण गर्नुभयो भन्ने प्रश्नमा राजभण्डारी भन्छन् “यसले हरेक जिल्लाको पहिचान समेत झल्काउने उदेश्यले यसरी निर्माण गरेका हौँ, यसले आन्तरिक पर्यटकमा आफ्नो जिल्लाको अपनत्वको भावनाको बिकाश हुने आशा राखेका छौँ ।
बालबालिकालाई मनोरञ्जनका लागि पोखरी तथा बाल उद्यान पार्क समेत निर्माण गरिएको छ ।

रिसोर्टमा अत्याधुनिक भवनहरु निर्माण गरिएको छ भने रिसोर्ट वरपर उत्कृष्ट साजसज्जा गरिएको छ । नजिकै रहेको मोदीखोलालाई प्रयोग गरेर मनोरन्जनात्मक खेलहरु संचालन गर्ने तयारी समेत रहेको बुझिएको छ । राजभण्डारीले यस अघि पोखरामा पोखरा ह्याभेन रिसोर्ट समेत संचालनमा ल्याईसकेका छन् ।

जीवनको उर्जाशिल समय विदेशमा बिताए पनि बाँकी भएको जिवन र बिदेशको अनुभव नेपालमै केहि गरौ भन्ने उदेश्यले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर रिसोर्ट संचालन गरिएकाे रिसोर्टले समग्र धौलागिरि क्षेत्रको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।












