प्राकृतिक पदभ्रमण कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     श्रावण २९ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन २९

जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी कर्मचारीहरूको शारीरिक तथा मानसिक तन्दुरुस्ती अभिवृद्धि, मनोरञ्जन, उत्प्रेरणा तथा पुनर्ताजगी (रिफ्रेसमेन्ट) गराउने उद्देश्यले प्राकृतिक पदभ्रमण (नेचर वाक) कार्यक्रम सम्पन्न गरिएको छ।

मिति २०८३ साउन २९ गते आयोजित उक्त कार्यक्रममा बागलुङ नगरपालिका–२ हुँदै वडा नं. ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयसम्म पदभ्रमण गरिएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक), प्रहरी अधिकृतहरू तथा प्रहरी जवानसहित करिब ४० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रहरी कर्मचारीहरूको शारीरिक स्वास्थ्य, मानसिक स्फूर्ति तथा आपसी सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।