बागलुङमा २७ औं जनयुद्ध दिवस मनाइयो !

-


     सुवास आचार्य     
     फागुन २ गते २०७८ मा प्रकाशित


नेपाल राष्ट्रिय उघोग व्यापार संगठन जिल्ला समिति, बागलुङले २७ औं जनयुद्ध दिवस मनाएको छ ।

आइतबार चियापान र शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा जनयुद्ध दिवस मनाउने गरिएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञामनाथ गैरे अनिलले समन्ती व्यवस्था अन्त्यको लागि जनयुद्ध सुरु गरेको बताए । सवै वर्गको अधिकार स्थापित गर्न जनयुद्धको भएकोले जतयुद्धबाट प्रप्त उपलव्धीको संस्थागत गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, बागलुङ उद्योग वाणिज्य संघका उपमहासचिव थानेश्वर सुवेदी,नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष संजय श्रेष्ठले लगाएतले जनयुद्धको जगमा नेपालमा ठुलो राजनीतिक परिवर्तन पछि नेपाली राजनीतिलाई नयाँ कोणमा रुपान्तरण भएको धारणा राखेका थिए ।

कार्यक्रम नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समिति बागलृुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला समिति बागलुङको कार्य समिति सदस्य राजु खड्काको संचालनमा सम्पन्न भएको थियो ।

नेपालको राजनैतिक, सामाजिक, साँस्कृतिक र आर्थिक परिर्वतनको लागि महत्वपूर्ण योगदान र बलिदान दिएको राजनैतिक परिघटना सुरु भएको फाल्गुन एक गतेलाई दिवसको रुपमा मनाउने गरिएको छ ।