एमसिसि गिट्टी कुट्ने देखि महलमा बस्ने सबैलाई राष्ट्रघाति

- नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यालय उद्घाटन !

-


     राजेशचन्द्र राजभण्डारी    
     फागुन १ गते २०७८ मा प्रकाशित



नेपाली कांग्रेसका केन्द्रीय उप सभापति धनराज गुरूङले अमेरिकी सहयोग परियोजना (एमसिसि) यतिबेला राष्ट्रघाति भएको भनेर प्रचारप्रसार भइरहेको छ गिट्टी कुट्ने देखि काठमाडौकाे महलमा बस्ने सबैले यसलाई राष्ट्रघाटी भन्ने बहस भइरहेको बताए ।

अङ्ग्रेजी पढ्ने जान्ने काे कुरा छाडिदिउ यतिबेला एमसिसि राष्ट्रघाँटी हाे भन्ने बहस भएको हुदा याे राष्ट्रघाति हाे कि हैन भन्ने बारे अध्ययन गर्न जरुरी भएको नेता गुरूङले बताए ।

नेपाली कांग्रेस बागलुङकाे क्षेत्र नम्बर १ काे क्षेत्रीय कार्यालयकाे बागलुङ सदरमुकाममा एक कार्यक्रम बिच उद्घाटन कार्यक्रममा एमसिसि बारे प्रधानमन्त्री शेरबहादुर देउवा र पुर्व प्रधानमन्त्री प्रचण्डले ५ महिना अगाडि पत्र लेखेर पठाएको कुरा अहिले खुलासा गर्दै अमेरिकाले यहीँ कुरा समातिरहेकाे नेता गुरूङले बताए ।

महाशक्ति राष्ट्रकाे द्वन्द्वमा नेपाल परेको हुदा राष्ट्रिय सहमतिकाे आधारमा सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उपसभापति गुरूङले बताए ।

अहिले स्थानीय तहको निर्वाचन नजिक आइरहेको छ एमसिसि चुनावी नारा बनाउने काम हुने खतरा समेत रहेको हुदा यो ठिक भए लागू गर्न नभए फिर्ता गर्नु बुद्धिमानी हुने नेता गुरूङले बताए ।