
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी निर्वाचित भएका छन् । केसील २१ हजार ४ सय ५१ मत पाउँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरेका छन् ।
केसीले २ हजार ६ सय २६ मतको अग्रतासहित जित हात पारेका हुन ।यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो भएका छन् । उनले ९ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटाले ९ सय ३ मत, नेपाली कांग्रेस विपिका शिवलाल सापकोटाले १ सय २५, र स्वतन्त्र उम्मेदवार चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरेका छन् ।
बागलुङ क्षेत्र नं १ मा १ लाख १ हजार २ सय २३ मतदाता रहेकोमा ५४ हजार ७ सय ११ मत खसेकोमा १ हजार ७ सय १४ मत बदर भएको छ ।









