बागलुङका दुबै क्षेत्रमा मतगणना सुरु

-


     हिडन खबर    
     मंसिर ५ गते २०७९ मा प्रकाशित


बागलुङ जिल्लाको दुबै क्षेत्रको मत गणना सुरु गरिएको छ ।
क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिकप सभाहलमा र २ को ढोरपाटन नगरपालिका-२ को निर्वाचन अधिकृतको कार्यालय रहेको नयाँ शहरी आयोजनाको भवनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाबाट गणना सुरु गरिएको छ भने २ को ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाबाट सुरु गरिएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए ।

जनताद्वारा जनप्रतिनिधि चुन्ने यो महान अवसर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरि आजबाट गणना सुरु गरिएको र पुरै गणना गर्न करिब ५ दिन लाग्नसक्ने पाण्डेको भनाइ रहेको छ ।
कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको थियो ।

जिल्लामा बिषेशगरि शत्ता गठबन्धन र नेकपा एमाले बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रतिनिधि सभा तर्फ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमाले नेता शुर्य पाठक बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर २ मा नेपाल सरकारका शिक्षा मन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल र एमाले नेतृ मञ्जु शर्मा चालिसे बिचमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।