
आज मंसिर ५ गते अर्थात् न्वागी खाने दिन । बागलुङको बडिगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिका क्षेत्रमा आज नयाँ धानबाली भित्र्याएको उपलक्ष्यमा न्वागी खाएर मनाइएको छ ।
नयाँ चामलमा दही, केरा, सिलाम तथा चिनी मिसाएर न्वागी खाने यो परम्परा निकै पुरानो हो ।
यस वर्षको न्वागी खाने साइत ९ बजेर ३१ मिनेटमा परेको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
ज्योतिषीले निकालेको शुभमुहूर्तमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुवात हुने अध्यक्ष आचार्यको भनाइ रहेको छ ।









