
बागलुङका दुवै क्षेत्रको मतगणनाको लागि ११ बजेदेखि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
बागलुङ जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा आइपुगेका छन् |
जिल्लाका १०७ वटै मतदान केन्द्रबाट राती अबेरसम्म मतपेटिकाहरु दुबैक्षेत्रका मतगणना स्थलमा आइपुगेको मुख्य निर्वाचन अधिकृत डाक्टर दिवाकर भट्टले बताए ।
कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको जिल्लामा १ लाख २ हजार ९ सय ६३ अर्थात् ५३.५६ प्रतिशत मत खसेको थियो ।
जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको सभाहलमा र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए ।









