बागलुङमा ५४ प्रतिशत मत खस्यो: सोमबारदेखि मतगणना सुरुहुने

- बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङले जनाएको छ ।

-


     हिडन खबर    
     मंसिर ४ गते २०७९ मा प्रकाशित


बागलुङ जिल्लामा ५३.५६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालका अनुसार जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको हो ।

कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले बताए ।

मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम सुरु भएको भन्दै भोलि मात्र मतगणना सुरु हुने उनको भनाई छ ।

जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको सभाहलमा र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने प्रमुख रिजालले बताए ।