
बागलुङ नगरपालिका ५ मालिकामा रहेको गण्डकी गोपाल गौशाला परिसरमा झाडि सफाई कार्यक्रम सम्पन्न भएको
छ ।
भान्सा सेवा समाज तथा मालिका पुर्व विद्यार्थी मञ्चको सक्रियतामा गौशाला परिसरको झाडि सफाई गरिएको हो ।
स्वामी कमलनयनाचार्य, बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, मालिका पुर्व विद्यार्थी मञ्चका पदाधिकारी तथा सदस्य, मालिका एवं भान्साका गरि ५० जना स्थानियको सक्रियतामा सफाई गरिएको हो ।
चरण क्षेत्रमा रहेका झाडि सरसफाईले गाईलाई घाँस तथा चरणमा सहजता हुने स्वामी कमलनयनाचार्यले बताए ।
आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पञ्चकोटमा सम्पुर्ण संस्थापकहरुको वृहत बैठक रहेको समेत सो अवसरमा जानाकारी गराइएको छ ।












