जेष्ठ नागरिकलाई सिरक र टर्चलाइट वितरण !

- मेलमिलाप केन्द्रकाे स्थापना !

-


     मन्दिप निउरे    
     माघ २९ गते २०७८ मा प्रकाशित


ताराखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को स्वीकृत निति तथा कार्यक्रम अनुसार वडा नम्बर ४ ताराका ८५ वर्ष माथिका १२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित फाईवर सिरक तथा टर्चलाईट वितरण गरिएको हो ।

कार्यक्रममा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले ज्येष्ठ नागरिकहरु हाम्रा सम्मानित ब्याक्तीहरु भएको र सामाजिक बिकासमा पुर्याएको योगदानको प्रसंशा गरेका छन् ।

अहिलेको खानपान, आनिवानि र रहनसहन अव्यवस्थित रहेकोले यसलाई व्यवस्थित गरेमा लामो समयसम्म वाच्न सकिने मन्तव्य राखेका छन् ।

कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्वर ४ का वडाअध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता, वडा सदस्य सपना धरि बुढाथोकी को स्वागत र ताराखोला गाउँपालिकाका प्रशासन सहायक जित सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसै बिच आज नै वडा नम्बर ४ तारामा मेलमिलाप केन्द्रकाे स्थापना गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति का संयोजक दिल कुमारी पुन द्वारा साईनवाेर्ड अनावरण गरेर उद्घाटन गरिएको थियो ।

गाउँपालिका भित्रका प्रत्यक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने योजना रहेकाे गाउँपालिकाले जनाएको छ ।
वडास्तर मै स्थापना हुने केन्द्रले गाउँपालिकामा आउने विवादका मुद्दाहरुलाइ वडा स्तरमा नै समाधान गर्न सहज हुने उपाध्यक्ष पुनको बिश्वास रहेको छ ।

कार्यक्रममा वडा नम्बर ४ का मेलमिलाप कर्ताहरुका लागि कानुन तथा ऎन नियम र संविधान सम्बन्धि पुस्तकहरु र मेलमिलाप केन्द्रको कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाले यस अघि गाउँपालिका भित्रका सबै वडाहरुका मेलमिलाप कर्ताहरुका लागि १ हप्ते क्षमता अभिवृद्धि सम्बन्धि तालिम समेत सम्पन्न गरिसकेको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत खिम बिश्वकर्माले बताए ।