बागलुङमा ६७ औं प्रहरी दिवस मनाइयो

- विक्रम सम्मत २०१२ असोज ३१ गते प्रहरी ऐन-२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक बर्ष आजकै दिन प्रहरी दिवस मनाउने गरिन्छ ।

-


     हिडन खबर    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


आज असोज ३१ अर्थात नेपालको प्रहरी इतिहासमा महत्त्वपूर्ण दिन ।

विक्रम सम्मत २०१२ असोज ३१ गते प्रहरी ऐन-२०१२ मा लालमोहर लागेको दिनको सम्झनामा प्रत्येक बर्ष आजकै दिन प्रहरी दिवस मनाउने गरिन्छ ।

नेपालमा पहिलो प्रहरी ऐन लागू भएको ६७ वर्ष पुगेको उपलक्ष्यमा देशभर ६७ औं प्रहरी दिवस मनाइएको छ ।

यसै दिनको स्मरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले पनि बागलुङमा ६७ औं प्रहरी दिवस मनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले ६७ औं प्रहरी दिवसको अवसरमा आयोजित विविध खेलकुद कार्यक्रममा विजयी प्रहरी खेलाडीहरुलाई पुरस्कार वितरण सहित औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

प्रहरी दिवसको अबसरमा आयाेजित भलिबल, ब्याडमिन्टन र टेबुलटेनिस खेलमा बिजयी प्रहरीहरूलाई प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरि मनाइएको हो ।

प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्य, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पुर्व प्रहरी संगठनका अध्यक्ष टीका बहादुर कार्की लगायतका बक्ताहरूले प्रहरी दिवस प्रहरीको मात्र नभएर नागरिककोपनि दिवस भएकाले समाजमा शान्त सुरक्षा कायम गर्न नागरिकको पनि सहयोग आवश्यक रहने धारणा राखेका थिए ।

एक्काइसौं शताब्दीका सचेत नागरिकको अपेक्षा पूरा गर्ने गरि जनशक्ति र प्रविधिको उच्चत्तम प्रयोगका कारण समाजमा शान्ति अमनचयन कायम राख्न प्रहरीको भुमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।

प्रहरी प्रशासनकाे सकारात्मक भुमिकाकाे कारण स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सफल भएको भन्दै मंसिर ३ गते हुने निर्वाचन सफल बनाउन सबैले आआफ्नो क्षेत्र बाट सहयोग गर्नुपर्ने धारणा बक्ताहरूले राखेका थिए ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दयानिधी ज्ञवालीको अध्यक्षता डिएसपी गंगा बहादुर थापाको स्वागत र इन्स्पेक्टर राजाराम खड्काकाे संचालनमा सम्पन्न भएको थियो ।