
बागलुङमा पिकअप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
जिल्लाको जैमिनी नगरपालिका वडा नं. १० राङखानीमा शुक्रबार ध १ च ६२६२ नं.को पिकअप भ्यान दुर्घटना हुँदा गम्भीर घाइते वर्ष ३९ का भरत पुन, वर्ष २५ का चुडा श्रीस गम्भीर घाईतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ ग्राण्डी अस्पतालमा लगिएको छ भने सामान्य घाइते वर्ष २५ का संजय रसाईली र वर्ष ३५ का महेन्द्र नेपालीको राङखानी डाँडाखानी स्थित शहरी स्वास्थ विकास केन्द्रमा उपचार भैरहेको जैमीनि नगरपालिकाका उप-प्रमुख हरिहर शर्माले बताए ।
दुर्घटना भएको भ्यान पर्यटकिय स्थल हाँडिकोटबाट
विद्युतका सामान लिएर फर्कदैँ गर्दा दुर्घट्ना भएको जनाइएको छ ।
गाडी सडकबाट २ सय मिटर तल खसेको थियो ।









