
आज असोज ३ गते: नेपालको लागि ऐतिहासिक दिन अर्थात संघीय गणतन्त्र नेपालको संविधान जारी भएको आठ बर्षमा प्रवेश गरेको छ ।
२०७२ साल असोज ३ गते जारी भएको संविधानले ७ वर्ष पूरा गरेर ८ औं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा बागलुङ जिल्लाको वडिगाड गाउँपालिकाले कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ ।
जनताबाट निर्वाचित संविधान सभा सदस्यबाट निर्माण भएको संविधानको ८ औं वर्ष प्रवेश गरेको खुसियालीमा दिप प्रज्वलन गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा नम्बर-३ का वडा अध्यक्ष खडक पुन, वडा नम्बर-७ का वडा अध्यक्ष दिपेन्द्र प्रताप केसी, कार्यपालिका सदस्य रुनमाया थापा, वडा सदस्य, कर्मचारी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

यस अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाएको छ ।









