
राजेशचन्द्र राजभण्डारी
बागलुङ ,असाेज २
बेलायती महारानीकाे मृत्युकाे कारण राेकिएकाे बिश्व आत्महत्या राेकथाम दिवस बागलुङ सदरमुकाममा आइतबार
मनाइयो ।सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको यो दिवस जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना सामुदायिक प्रहरी सेवा केन्द्रकाे सहकार्यमा गरिएको थियो ।
आज बिश्व आत्महत्या राेकथाम दिवस मनाउँदै गर्दा बिश्वमा आत्महत्या गर्ने दर घट्नुकाे साटो झण बढेर गइरहेको देखिन्छ ।बढ्दै गइरहेको आत्महत्या न्युनिकरण गर्ने उदेश्यले जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै आएपनि आत्महत्या गर्ने क्रममा भने कमि आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आत्महत्या बढ्दै जानुमा धेरै कारण देखिन्छन् जसमध्ये सामाजिक कारण वैदेशिक राेजगारमा परिवार बिदेशमा हुदाकाे पीडा लगायतका कारण रहेको प्रहरी प्रमुख दयानिधी ज्ञावलीले बताए ।
विश्व आत्महत्या दिवस रोकथाम दिवस मनाउदै गर्दा बागलुङ जिल्लामा भने वैदेशिक राेजगारमा गएको घर परिवारमा सामाजिक लान्छना लगायतका आराेपका कारणले पनि आत्महत्या गर्नेकाे संख्या बढेर गइरहेको कारण बागलुङ नगरपालिकाले सामाजिक मनाे परामर्श कर्ता मार्फत काम गरिरहेकाे नगर उप प्रमुख राजु खड्काले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबक्ता, लालप्रसाद लामिछाने ,जनस्वास्थ्य स्वास्थ कार्यालय बागलुङका अफिसर अन्जना पाैडेल , सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका दुर्गाबहादुर आचार्य लगायतका बक्ताहरूले बढ्दै गइरहेका आत्महत्या राेकथामकाे लागि समुदाय स्तरमा जनचेतना जगाउन जरुरी रहेको धारणा राखेका थिए ।
बागलुङ सदरमुकाममा जिल्ला प्रहरी कार्यालयकाे अगुवाइमा सरकारी निकाय बिद्यार्थी ,शिक्षक ,महिला दिदीबहिनी आमा समूह, सामुदायिक प्रहरी ,नागरिक समाज ,संचारकर्मि उद्धमी ,ट्राफिक प्रहरी सशस्त्र प्रहरी लगायतका टाेलीले जनचेतनामूलक नारा लेखिएका प्लेकार्ड ब्यानर सहित नगर परिक्रमा गरि राधाकृष्ण मन्दिरको सभाहलमा पुगेर कार्यक्रम गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दयानीधि ज्ञावलीकाे अध्यक्षतामा भएको कार्यक्रम प्रहरी निरीक्षक राजाराम खड्काकाे संचालनमा सम्पन्न भएको थियो ।
नेपालमा आ.व २०७८/०७९ मा ६ हजार ८ सय ३० जना मानिसहरूले विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएको नेपाल प्रहरीको तथ्याङ्कमा देखिन्छ जुन दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । बागलुङ जिल्लाकाे हकमा आर्थिक बर्ष २०७८/०७९ मा ४४ जनाले आत्महत्या गरेकाे तथ्यांक बाट देखिन्छ ।जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने मुद्दा मध्य ३५ प्रतिशत आत्महत्या सम्बन्धि पर्ने गरेको देखिन्छ ।


आधुनिक जीवन शैली बढ्दै गएको बेरोजगारी ,गरिबी ,आर्थिक बिपन्नता ,वैदेशिक राेजगार ,सामाजिक लान्छना मानसिक समस्या लगायतका कारणले पनि आत्महत्या गर्ने क्रम बढे गएको देखिन्छ यसलाई समाजमा रहेका सबैले सकारात्मक भुमिका खेलेर आत्महत्या गर्न बाट जाेगाउने भुमिका खेल्न सकेको खण्डमा न्युनिकरण हुने देखिन्छ ।












