विश्वकर्मा पूजाको अवसरमा लालीगुराँस निर्माण सेवाद्वारा ५० जना मजदुरको बिमा

- बिश्वकर्मा पूजाको अवसरमा बागलुङमा रहेको लालीगुराँस निर्माण सेवाले आफ्नो कम्पनीमा काम गर्ने ५० जना मजदुरको दुर्घटना बिमा र काम गर्दा लगाउने सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

-


     हिडन खबर    
     असाेज १ गते २०७९ मा प्रकाशित


आश्विन संक्रान्ति दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा पर्व मनाइएको छ । बागलुङ सदरमुकाममा एक निर्माण कम्पनीले विश्वकर्माको पूजाको अवसरमा मजदुरको दुर्घटना बिमा गर्नुका साथै काम गर्दा आवश्यक सुरक्षा सामाग्री प्रदान गरेको छ ।

बिश्वकर्मा पूजाको अवसरमा लालीगुराँस निर्माण सेवा बागलुङले आफ्नो कम्पनीमा काम गर्ने ५० जना मजदुरको दुर्घटना बिमा गर्नुका साथै काम गर्दा लगाउने सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले लालीगुराँस निर्माण सेवाले ५० जना कामदारहरुलाई रोजगारी दिएको सकारात्मक पक्ष भएको बताउदै बागलुङमा गुणस्तरीय काम गर्न सुझाव दिनुभयो ।

आगमी दिनमा मजदुरको सुरक्षामा नगरपालिकाले पनि विभिन्न खालका कार्यक्रम ल्याउने उप प्रमुख खड्काले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी निवर्तमान सहसचिव सुवास आचार्य पत्रकार राम प्रसाद घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लालीगुराँस निर्माण सेवाका प्रमुख सुरेन्द्र लामाको अध्यक्षता र कमल रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आफू जिरो लेवलबाट आएको कारणले पनि मजदुरको समस्या बारे आफू जानकार भएको हुँदा मजदुरको बिमा देखि हेलमेट बुट लगायतका सामाग्री काम गर्न दिएको र अन्य आवश्यक सामाग्री दिँदै जाने लालीगुराँस निर्माण सेवाका प्रमुख लामाले बताउनुभयो ।

दैनिक ज्यालादारी गर्ने मजदुरहरुको कामको ग्यारेन्टी नहुने जोखिमपुर्ण काम गर्दा दुर्घटना बिमा समेत नभइरहेको समयमा अहिले ५० जना मजदुरको दुर्घटना बिमा र काम गर्ने मजदुरलाई सुरक्षीत रूपमा काम गर्दा सामाग्री वितरण गरेको बताउनु भयो ।
बागलुङ नगरपालिकामा दर्जनौं निर्माण कम्पनीहरूले सयौं मजदुरलाई काम गर्ने गराउने गरेका छन् तर जोखिम पुर्ण काम गर्ने मजदुरको नत सुरक्षित छन् नत बिमा नै गरिदिएका छन् ।