
५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा बागलुङमा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बागलुङ नगरपालिकाको आयोजनामा ‘बालमैत्री बागलुङ नगरपालिका निर्माणमा विद्यार्थीको भुमिका’ विषयमा नगरपालिका स्तरीय माध्यमिक विद्यालय स्तरीय कार्यक्रम आयोजना गरिएको हो ।
बागलुङ नगरपालिका भित्रका १३ विद्यालयका २२ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागी प्रतियोगीहरुले बागलुङ नगरपालिकालाई बालमैत्री बनाउन ध्यान दिनुपर्ने क्षेत्रको बारेमा आ-आफ्ना तर्क सहित धारणा राखेका थिए ।
५८ औं बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा रुद्रेपिपल माध्यमिक विद्यालयका छात्रा सामना सापकोटा प्रथम, न्यू ओएसिस एकेडेमीका छात्रा कृति कंडेल द्वितीय, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रशिद्धा सापकोटा तृतीय र गणेश माध्यमिक विद्यालयका छात्र प्रतिक लामिछाने, जनताधन माविका महेश शर्मा तथा चिल्ड्रेन लाईफ बोर्डिङका ले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
विजयी प्रथम, दितृय, तितृय र सान्तवना हुने सहभागीहरुलाई नगद क्रमश: १० हजार, ७ हजार, ४ हजार र २/२ हजार तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागलुङ नगरपालिकाका उप-प्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बरबहादुर जिसी, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता, उप- प्रमुख राजु खड्काको प्रमुख आतिथ्यता, नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलको स्वागत तथा महिला विकास निरीक्षक रचना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिकामा नयाँ जनप्रतिनिधिको आगमन भएपछि पहिलो निर्णय स्वरुप बालमैत्री नगरपालिका बनाउने योजना अनुसार वडा तथा नगर स्तरीय बाल सञ्जाल गठन गरिसकिएको छ भने विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ ।












