बागलुङ जेसीजको स्लो बाइक रेस

- प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिलातर्फ स्वीकृति भारी विजयी भएका हुन ।

-


     हिडन खबर    
     भाद्र २७ गते २०७९ मा प्रकाशित


ट्राफिक सचेतनाका लागि बागलुङमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ। बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बागलुङ जेसीज–२०२२ को जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन सत्यदेबी स्मृति स्लो बाईक रेस सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिलातर्फ स्वीकृति भारी विजयी भएका हुन ।

युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस वर्षपनि विभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ ।

बागलुङ जेसीजको आयोजनामा शनिबार देखि शुरु भएको जेसीज सप्ताह–२०२२ को दोस्रो दिन स्लो बाईक रेस सम्पन्न गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव निरीक्षक भुपेन गिरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मिलेको बताउनु भयो ।

गिरीले युवाहरुको सकारात्मक सोचको विकास गर्न बागलुङ जेसीजले राम्रो भुमिका निर्वाह गर्नका लागि अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रमका बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, कार्यक्रमका प्रायोजक तथा स्व. सत्यदेवी स्मृति कोषका संस्थापक सुनिल कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा करिव ७० जना युवाहरुको सहभागिता रहेको स्लो बाईक रेस कार्यक्रमका संयोजक निकेश खड्काले बताए ।
कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ कार्यवहाक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रमका संयोजक निकेश खड्काको संचालनमा सम्पन्न भएको थियो ।