हिस्टुन बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा विक्रम शर्मा

- कार्यक्रममा बोल्दै हिस्टुनका केन्द्रीय अध्यक्ष दिपकराज सुवेदीले राज्यले उच्च माद्यामिक तह(११/१२) मा दशकौंदेखि अध्यापनरत शिक्षकलाई अन्याय गरेको बताउनुभयो ।

-


     राम प्रसाद घिमिरे     
     भाद्र २५ गते २०७९ मा प्रकाशित


माध्यमिक शिक्षक युनियन नेपाल जिल्ला समन्वय समिति बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शनिबार आयोजित भेलाले विक्रम शर्माको अध्यक्षतामा १५ सदस्य जिल्ला समन्वय समितिको सर्वसम्मत गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा दिपक घिमिरे, सचिवमा हरि प्रसाद शर्मा, कोषाध्यक्षमा भोजराज पौडेल र सह-सचिवमा सुवास नराललाई चयन गरेको हो । त्यस्तै समितिको सदस्यहरुमा खुमलाल पौडेल, कमल सुवेदी, कृष्ण शर्मा, डिलबहादुर केसी, शंकर कंडेल, गोकर्णराज गौतम, तुलविर खड्का, गिता भुसाल खरेल र दिनानाथ पौडेललाई सर्वसम्मत चयन गरेको कार्यक्रमका सभापति समेत रहनुभएका समितिका अध्यक्ष डिल्लीराम उपाध्यायले हिडन खबरलाई बताउनुभयो । नवगठित समितिको महिला उपाध्यक्ष भने पहिलो बैठकमा मनोनीत गरिने उपाध्यायले बताउनुभयो ।

अधिवेशनको उद्घाटन शत्रमा बोल्दै हिस्टुनका केन्द्रीय अध्यक्ष दिपकराज सुवेदीले राज्यले उच्च माद्यामिक तह(११/१२) मा दशकौंदेखि अध्यापनरत शिक्षकलाई अन्याय गरेको बताउनुभयो । “न दरबन्दी, न स्थायी, न त कुनै उपदान नै, वर्षौंदेखि पढाएर खालीहात जानुपर्ने बाध्यता कहिलेसम्म सरकार ?” अध्यक्ष सुवेदीले भन्नुभयो के हामी राज्यका नागरिक होइनौं ?” ।
सरकारले नयाँ शिक्षा ऐन ल्याउन लागिरहेको र त्यसमा वर्षौंदेखिका आफ्ना मागहरुलाई कानुनसम्मत सम्बोधन गराउनका लागि हिस्टुनले देशव्यापी आन्दोलनको घोषणा गरेको समेत सुवेदीको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राज्यको उपेक्षाको आलोचना गर्दै कुनैपनि बहानामा सरकार अब उम्कन नसक्ने र माग पुरागर्नका लागि सबैले आ-आफ्नो क्षेत्रबाट दबाब दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रम युनियनका अध्यक्ष डिल्लीराज उपाध्यायको अध्यक्षता, उपाध्यक्ष दिपेन्द्र खड्काको स्वागत र सचिव प्रशान्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

हिस्टुनले सरकारले आफुहरुलाई बेवास्ता गरेको भन्दै देशभरका जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईहरुमा ज्ञापनपत्र बुझाइसकेको छ भने सरकारले माग पूरा नगर्दासम्म संघर्षका कार्यक्रम निरन्तर चलिरहने केन्द्रीय अध्यक्ष सुवेदीको भनाइ रहेको छ ।

मायाको चिनो वितरण

संघर्षका कार्यक्रमहरु:

१) २०७९ भाद्र १७ र १९ गते देशभरका ७५३ पालिका प्रमुखहरु र केन्द्रमा (प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, कानुनमन्त्री, शिक्षा सचिव, सरकारमा विपक्षी दलका नेता) ज्ञापन पत्र बुझाउने ।

२) २०७९ भाद्र २० र २१ गते सवै जिल्लामा जिल्लाका सिडिओहरु, जिल्ला शिक्षा समन्वय केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक सेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलाई ज्ञापन पत्र दिने ।

३) २०७९ भाद्र २२ गते विहान देखि बेलुका सम्म देशभरका सबै साविक उ.मा.वि. तहमा कार्यरत शिक्षकहरुले सरकारका प्रधानमन्त्री (फोन नं. ९८५१०८७२८८), अर्थमन्त्री (फोन नं.
९८५११००४४३) र शिक्षामन्त्री (फोन नं. ९८५११४८२८०) लाई एसएमएस, फेसबुक वा मेसेन्जर मार्फत “कक्षा १२ सम्मको निःशुल्क विद्यालय शिक्षा तर स्थायी शिक्षक शुन्यं, किन?” भन्ने सन्देश पठाई शिक्षकहरुका मागहरु सम्बोधन हुन दवाव सृजना गर्ने ।

४) हिस्टुनका मागहरुप्रति सरकारद्वारा सम्वोधन हुन चासो नदेखाइएमा वा सुनुवाई नभएमा भाद्र २३ गते पत्रकार सम्मेलन (जिल्ला, प्रदेश र केन्द्र) गरी कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ।