
शिक्षाको क्षेत्रमा लामो समयदेखि याेगदान गर्दै आएका बागलुङ जिल्लाका दुई जना शिक्षासेवीलाई एक कार्यक्रम गरि सदरमुकाममा सम्मान गरिएको छ ।
कर्णबहादुर ,देवीकुमारी स्मृति काेषबाट शिक्षाको क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको भन्दै बागलुङ नगरपालिका १४ का जनता धन माध्यमिक बिद्यालयका पुर्व शिक्षक कमलबहादुर जीसी ,र बागलुङ नगरपालिका ११ का महाबिद्या माध्यमिक बिद्यालयका पुर्व प्रधान अध्यापक केदारनाथ आचार्य लाई दाेसल्ला आेढाइ प्रशंसा -पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयाेजक अमर थापा सम्मानित शिक्षा सेवी कमलबहादुर जीसि ,केदार आचार्य ,समाजसेवी महेन्द्र आचार्य ,स्मृति काेषका संस्थापक कल्याण केस ले स्मृति काेषले शिक्षा क्षेत्रमा काम गरेको खण्डमा राम्रो काम गर्ने ब्यक्तिहरूकाे सम्मान हुन्छ भन्ने यो संस्थाले उदाहरण दिएको धारणा राखेका थिए ।
स्मृति काेषले रामरेखा निम्नमाध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी सम्पुर्ण बिद्यार्थीहरू लाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।




लामाे समयदेखि शिक्षा क्षेत्रमा काम गरेका शिक्षा सेवी स्वर्गीय कर्णबहादुर केसी र उनका धर्मपत्नी स्वर्गीय देवी कुमारी केसीको स्मृतिमा २०६० सालमा स्थापना भएको स्मृति काेषले २०६१ सालदेखि हरेक बर्ष शिक्षाको क्षेत्रमा याेगदान गरेका ब्यक्तिहरूलाइ सम्मान र बिद्यार्थी लाई शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।
२०६१ सालमा शिक्षा सेवी स्वर्गीय अक्कल बहादुर श्रेष्ठ ,२०६२ सालमा स्वर्गीय चक्रपाणी आचार्य ,२०६३ सालमा रत्ना श्रेष्ठ ,२०६४ सालमा स्वर्गीय गंगाप्रसाद उपाध्याय ,२०६५ सालमा स्वामी रमेशानन्द केसरी ,२०६६ सालमा सुर्यप्रसाद मिलन ,२०६८ सालमा
स्वर्गीय चेतराम चर्मकार ,२०६९ सालमा ,मेघराज पाण्डे २०७०सालमा उपेन्द्र राज पन्त ,२०७१ सालमा स्वर्गीय पध्मसिंह बिश्वकर्मा ,२०७२ सालमा बिष्णु प्रसाद शाक्य ,२०७३ सालमा इन्द्र कुमारी श्रेष्ठ ,२०७४ सालमा ठाकुर जंङ्ग राजभण्डारी ,२०७५ सालमा लालचन्द्र राजभण्डारी ,२०७६ सालमा जगन्नाथ आचार्य , सम्मानित भइसकेकाे काेषका सचिव राजेन्द्र आचार्यले बताए ।
कर्णबहादुर -देवीकुमारी स्मृति काेषका अध्यक्ष रामबहादुर केसीकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामरेखा आधारभूत बिद्यालयका प्रधानअध्यापक कबिराज जिसी र सचिव राजेन्द्र आचार्यकाे संचालनमा सम्पन्न भएको थियो ।












