बागलुङ नगर खानेपानीको कार्यालयमा तालाबन्दी

- संस्थाले वितरण गर्दै आएको पानी खानयोग्य नभएको भन्दै राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटिद्वारा शुद्ध पानिको माग सहित कार्यालय तालाबन्दी गरिएको हो ।

-


     हिडन खबर    
     भाद्र २४ गते २०७९ मा प्रकाशित


बागलुङ बजारमा खानेपानी वितरण गर्ने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

संस्थाले वितरण गर्दै आएको पानी खानयोग्य नभएको भन्दै राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटिद्वारा शुद्ध पानिको माग सहित कार्यालय तालाबन्दी गरिएको उपभोक्ता एवं युवा अगुवा शेखर खड्काले बताए ।

धारामा धमिलो पानी आउने हामी बागलुङ सदरमुकामका उपभोक्ताको नियतिनै बनिरहेको छ, खड्काले भने वर्षौंदेखि उहीँ समस्या हुनु उपभोक्ता संस्थाको गैरजिम्मेवारिपन रहेकाले सुधारको दबाबका लागि ज्ञापनपत्र सहित अध्यक्ष, कार्यालय प्रमुख र लेखाशाखाको कार्यकक्षमा तालाबन्दी गरिएको खड्काले बताए ।

उपभोक्ताबाटै गठित संस्था सञ्चालन समिति गठन हुने प्राबधान भएपनि संस्था कोषाध्यक्ष बिहिन अवस्थामा छ ।

उपभोक्ता समितिको मनोमानी र जवाफदेहिता बिहिन क्रियाकलापकै कारण संस्थामा बेलाबेला उपभोक्ता बाटै विरोध हुँदै आएको छ ।

स्मरण रहोस् यसअघि धमिलो पानी खुवाएको भन्दै १ वर्ष अगाडि अदालतमा मुद्दा समेत परेको थियो । अदालतले मुद्दा फैसला गर्दै उपभोक्ता संस्था, बागलुङ नगरपालिका, जिल्ला प्रशासनलाई सुधारकालागि निर्देशनात्मक आदेश गरेको थियो तर १ वर्ष सम्म कुनै सुधार नगरेको भन्दै उच्च अदालत पोखरा, बागलुङ इजलासमा अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता रमेश खड्काले अपहेलनाको मुद्दा दर्ता गरेका थिए ।