१९ औं निजामती सेवा दिवस, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत कर्मचारीद्वारा आश्रममा सहयोग

-


     हिडन खबर    
     भाद्र २२ गते २०७९ मा प्रकाशित


निजामती सेवा दिवसको अवसरमा उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत निजामती कर्मचारीहरुले मानव सेवा आश्रम बागलुङलाई सहयोग गरेका छन् ।
१९ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुले आश्रमा अश्रीत ५० भन्दा बढी सहयोगापेक्षी बेसहारा सडकमानवहरूलाई साझँको खाना सहयोग गरेका हुन् ।
सो अवसरमा बोल्दै उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्टार नेत्र प्रसाद भुषालले सबैमा मानविय सेवा हुनुपर्ने बताउँदै सडकमा रहेकाहरुलाई आश्रमले उद्धार गरि राखेकोले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सहयोग तथा सद्भाव रहने बताउनु भयो । आश्रमको अभिभावक तथा अधिवक्ता राम शर्माले अहिले आश्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाले नियमित रुपमा सहयोग गरिरहेका भन्दै मानविय सेवानै पवित्र धर्म भएको बताउनु भयो। शर्माले बागलुङ नगरपालिका ४ निर्णयघाटमा मानव सेवा आश्रमको भवन निर्माणको चरण रहेकोले भवन बनाउने अभियानमा सबैको सहयोग र समर्थन जरुरी रहेको बताउनु भयो ।

मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले आश्रमलाई सम्झेर सहयोग गरेकोमा धन्यबाद दिदै मानविय धर्म निर्वाह गरेको बताउनु भयो । आश्रममा महिला, पुरुष र बालबालिका गरि ५० भन्दा वढीले आश्रल लिएका छन् । कार्यक्रमको सञ्चालन मान सेवा आश्रमका विपना तामाङले गर्नु भएको थियो । ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ औं निजामती सेवा दिवस मनाइएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।