
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।
१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्यो ।
प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको बुझिएको छ । यस विषयमा प्रहरी अधिकारहरु थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन ।
लामिछाने भने अहिले नेपाल बाहिर छन् ।









