प्रेस युनियनका महासचिव पौडेललाई गृह जिल्लामा सम्मान

-


     हिडन खबर    
     भाद्र १९ गते २०७९ मा प्रकाशित


नेपाल प्रेस युनियनको नवौ महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेललाई गृह जिल्ला बागलुङमा बधाई तथा सम्मान गरिएको छ । युनियन बागलुङ शाखाका पुर्व अध्यक्ष समेत रहेका पौडेल सँगै धौलागिरी क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित धुव्रसागर शर्मा, माया अधिकारी र साजन परियारलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले पत्रकार समाजको ऐना भएको भन्दै समाजमा रहेका भ्रष्टचार विकृति विसंगतीको पर्दापास पत्रकार र मिडियाले नै गर्न हुँदा कलममा शक्ति भएको बताउनु भयो ।

खड्काले नेपाली काँग्रेसले नेपालको पत्रकारिता क्षेत्रको विकासका निम्ती निरन्तर सहयोग गर्दै आएको बताउनु भयो।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेलले मिडिया काउन्सील विधेयकमा भएको त्रुटी सच्चाउनुपर्ने माग गर्नु भयो ।

पौडेलले काउन्सिललाई स्वायत्त निकायको रुपमा राख्नुपर्ने भन्दै पत्रकारितालाई स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाउन सहयोग गर्ने प्रस्ताव गरिएको विधेयकमा भएका त्रृटीलाई सच्चाउन नेपाल प्रेस युनियनको ध्यानकर्षण भएको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचन, प्रेस युनियनका केन्द्रीय सदस्य मायाँ अधिकारी, पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेल, पुर्व अध्यक्ष हरिनारायण गौतम, प्रगशिल पत्रकार संघका जिल्ला सचिव विजय राना लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।