
आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र१ ९क० बाट ५ जना उम्मेदवारी सिफारिस भएका छन्।
देशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट प्रदेशसभा सदस्य पदका उमेदवारका लागि जिल्ला पार्टी अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटि सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, प्रदेश कमिटि सदस्यहरिनारायण गौतम,जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा सिफारिस हुनु भएको हो ।
जिल्ला सचिवालयको वैठकले भदौ १८ गते प्रदेशसभा र १९ गते प्रतिनिधिसभाका लागि उमेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेशसभा निर्वाचन परिचालन कमिटिको वैठकले प्रदेशसभाका लागि उमेदवार सिफारिस गरेको प्रदेश सभा निर्वाचनपरिचालन कमिटिका संयोजक तथा जिल्ला कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।









