
सर्वसिद्धी मिडिया प्रालिद्वारा संचालित हिडन खबरको शनिबार औपचारिक उद्घाटन गरिएको छ । बाग्लुङ नगरपालिका ३ मा केन्द्रीय कार्यालय रहने गरी सूचना तथा प्रसारण विभागमा विधिवत् दर्ता भएको अनलाइनको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृृष्ण वस्नेतले औपचारिक उद्घाटनको घोषणा गर्नु भएको हो ।
भर्चुअल माध्यमबाट उद्घाटन गर्दैै वस्नेतले पत्रकार आचारसंहिताको पालना गरी निस्पक्ष पत्रकारीता आजको आवश्यक्त्ता रहेकोे बताउनु भयो । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको भन्दै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
पत्रकारले लेखेका समाचार साँचो हो भन्ने मान्यता रहेकोले त्यो मान्यतामा विचलन आउन नहुने बताउनु भयो । सर्वसिद्धी मिडिया प्रालि आफैमा पवित्र नामबाट जन्मेकोे मिडिया प्रालि भएको र हिडन खवरले नाम अनुसारको काम गरेर समाजमा पत्याउने खालका सूचना दिन सुझाव दिनु भयो ।
मिडियालाई राज्यले आफ्नो नियन्त्रणमा राख्न नहुने तर नियमन गरेर अगाडी वढ्नु पर्ने बताउनु भयो । बस्नेतले संचार माध्ययम सत्य, तथ्य र निष्पक्ष हुुनुपर्ने भन्दै सबै पत्रकारहरुले पत्रकारको मूल्य मान्यता र आचारसंहिता अनुसार काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघिय सांसद डाक्टर सुर्य पाठकले पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले पत्रकारले समाचार लेख्ने विषयमा कसैसँग सम्झौता गर्न नहुँने बताउनु भयो । कार्र्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाली काग्रेसका नेता जगन्नाथ आचार्य,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सुनिल पाण्डे,पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, कृृर्षि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई,उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ,पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा हिडन खवरकाबारेमा प्रधान सम्पादक कवि न्यौपानेले प्रकास पार्नु भएको थियो ।
कार्यक्रम सर्वसिद्धी मिडिया प्रालिका प्रकाशक(सञ्चालक राजेशचन्द्र राजभण्डारीको अध्यक्षता प्रालिका संचालन तथा सम्पादक सुवास आचार्यको स्वागत र प्रालिका संचालक तथा समाचार शाखा प्रमुख राम प्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका नवनिर्वाचित महासचिव दिलीप पौडेललाई सम्मान गरिएको थियो ।
सूचना पाउने नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार भएले यस्तो सूचना सत्य र तथ्यमा आधारित मात्रै हुनु पर्दछ भन्ने मान्यता रहेको र यही मान्यतामा रही सन्तुलित समाचार, उत्कृष्ट विचार, मार्गदर्शक लेख र प्रेरणादायी रचनालाई पाठकको रुचिअनुरुप पस्किँदै जाने उद्देश्य रहेको प्रालिका प्रकाशक-सञ्चालक राजेशचन्द्र राजभण्डारीले बताउनु भयो । साथै अनलाइन सञ्चारमाध्यमलाई पूर्ण व्यावसायिक, जिम्मेवार र उत्तरदायीपूर्ण बनाउँदै लगिने बताउनु भयो ।























