
बलपूर्वक बेपत्ता पारिएको व्यक्तिहरूको सम्झानामा बागलुङमा अन्तर्राष्ट्रिय दिवस मनाइयको छ । नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा बागलुङको आयोजनामा जान्न पाउने अधिकार सुनिश्चितताको लागि अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइयको हो ।
कार्यक्रममा बोल्ने बक्ताले सशस्त्र द्वन्द्वले शान्तिपूर्ण रूपमा अवतरण गरेको दशकौँ बितिसक्दा पनि बेपत्ताहरूको बारेमा अन्यौलता देखिँदा शान्तिले दिगो रूप लिन नसकेको बताए । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्व सकियपछि विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू सत्तामा पुगेपनि आफैले गरेको हस्ताक्षरलाई सम्बोधन नगरेको गुनासो गरे । शान्ति सम्झौता गर्दा ६० दिन भित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने घोषणा गरेतापनि त्यसलाई कार्यन्वयन नगरी वर्षौँसम्म पीडा दिने काम भएको गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङबाट सशस्त्र द्वन्द्वको समयमा बेपत्त भएका १७ जनाको अवस्था अज्ञात रहेकोले उनिहरूको बास्तबिक अवस्था सरकारले सार्वजनिक गर्नु पर्ने बताए ।
कार्यक्रमा बेपत्ता परिवारको तर्फबाट जसोदा शर्मा,पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारीले बेपत्ता पारिएका ब्यक्तिहरुको स्मरण गर्दै उनीहरुको न्यायको लागी सबैले मानवियताको हिसावले पनि वकालत गर्नु पर्ने बताएका थिए। कार्यक्रम नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जव्वर बहादुर लामिछानेको अध्यक्षता उपसभापति राजेन्द्र आचार्यको स्वागत र सदस्य भवानी प्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
संयुक्त राष्ट्रसंघको निर्णय अनुसार यसका सदस्य राष्ट्रहरुले १९८३ देखि बेपत्ताहरुको सम्झनामा ३० अगष्टका दिन यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा बेपत्ता पारिएकाहरुको स्मरण गर्ने, उनीहरुका आफन्तहरुको सम्मान गर्ने र पीडितलाई न्याय र पीडकलाई जवाफदेहि बनाउने सम्वन्धमा प्रतिवद्धता व्यक्त गर्ने गर्दै आईएको छ ।
नेपालमा सशस्त्र द्धन्दको समय अर्थात २०५२ साल फाल्गुण १ देखि २०६३ मंसिर ५ सम्म तत्कालिन बिद्रोही माओवादी पक्ष र राज्यपक्षबाट करिब १हजार ३ सय ५० जना व्यक्ति बेपत्ता भएको आई सि आर सि को तथ्यांकमा उल्लेख गरिएको छ । जसले गर्दा नेपाल बेपत्ता पार्ने देशहरुको अग्रसूचीमा रहेको पाईन्छ । जसमध्ये १० प्रतिशत महिलाहरु रहेका छन् ।
बेपत्ता भएकाहरुको खोजी कार्यका लागि सरकारले गठन गरेको आयोगले भने आफनो काम गर्न सकेको छैन । सशस्त्र द्धन्दको समयमा बागलुङ जिल्लाबाट १७ जना नागरिक अझै बेपत्ता रहेका छन् ।












