बागलुङ नगरपालिकाका जनप्रतिनिधिको १०० दिनको उपलब्धि ३२ बुँदामा

- १०० दिनको अवधीमा ८ वटा कार्यपालिकाको बैठक बसी. नगरपालिका र नगरवासिको हितका विषयमा ६४ वटा निर्णयहरुगरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

-


     हिडन खबर    
     भाद्र १२ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकामा नयाँ नेतृत्व चयन भएको आइतबार १०० दिन पुरा भएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले १०० दिनमा गरेको काम र उपलब्धी सार्वजनिक गरिएको छ । आईतबार पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख बसन्त कुमार श्रेष्ठले १०० दिनको काम र उपलब्धी ३२ बुँदामा सार्वजनिक गरेका थिए ।
उपलब्धी सार्वजनिक गर्दे नगर प्रमुख श्रेष्ठले निर्वाचित भएपछि १०० दिनको अवधीमा ८ वटा कार्यपालिकाको बैठक बसी. नगरपालिका र नगरवासिको हितका विषयमा ६४ वटा निर्णयहरुगरिएको र नगरवासीहरुको अपेक्षा, चाहना र आवश्यकता पुरा गर्न तल्लिन रहेको बताएका छन् ।
सार्वजनिक गरेका ३२ उपलब्धीहरु जस्ताको त्यस्तै:

१. नेपालको संविधान २०७२ जारी भए पश्चात स्थानीय तह निर्वाचन २०७९ बाट दोश्रो कार्यकालको लागि आदरणीय मतदाताहरुको अमूल्य मतबाट हामी निर्वाचित भई कार्यजिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । संविधान रकानुनले दिएको अधिकार र सीमाभित्र रहि आदरणीय नगरवासीहरुको अपेक्षा, चाहना र आवश्यकता पुरा गर्ने क्रममा हामिले गरेका प्रयास र हाँसिल भएका उपलब्धीहरु सार्वजनिक गर्नु हाम्रो कर्तव्य ठानी यस अवधिका कार्य उपलव्धीहरु प्रस्तुत गरेका छौ ।

२. नगरपालिकाका कामकारवाही, कार्यालयका सेवा प्रवाहलाई पारदर्शी जवाफदेहि, नतिजामूलक र जनमुखी बनाउन नगरकार्यपालिकाका निर्णयहरु कानुन बमोजिम प्रमाणीकरण गरी सोहि दिन कार्यालयको वेवसाइटमा प्रकाशन गरिएको छ । हालसम्म ८ वटा कार्यपालिकाको बैठक बसी। नगरपालिका र नगरवासिका हितका विषयमा ६४ वटा निर्णयहरु गरिएका छन् ।

३. कानुन बमोजिम नगरपालिकाको मूख्य जिम्मेवारीलाई ५ वटा विषयगत समिति गठन गरी कार्य जिम्मेवारी बाँडफाँट गरीएको छ । १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडा स्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडा तहलाई जिम्मेवार बनाईएको छ । १० लाख माथिका योजना नगरस्तरीय योजना अनुगमन तथा सुपरीवेक्षण समितिबाट अनुगमन सुपरिवेक्षण गरिने व्यवस्थामिलाई चरणवद्ध योजना अनुगमनको व्यवस्था मिलाईएको छ ।

४. नगरप्रमुखसंग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसंग शाखा प्रमुखहरुले उपलब्धी सूचक सहितको कार्यसम्पादन सम्झौता गरी कार्य सम्पादन गर्ने पद्धतिको शुरुवात गरिएको छ ।

५. आर्थिक वर्ष २०७९÷०८० को वार्षिक योजना तथा बजेट तर्जुमाको क्रममा बढि भन्दा बढि सरोकारवालाहरुको सहभागिता र सुझाव लिई योजना छनौट प्रकृयाका सात वटा चरण पुरा गर्दै समयमै बजेट स्वीकृत गरी २०७९ अषाढ ३१ गते नै बार्षिक योजना तथा बजेट पुस्तिका तयार गरी सार्वजनिक गरिएको छ ।

६. नगरको बास्तविक अवस्थाको चित्रण सहितको ३८ वुदे श्वेतपत्र नगरवासि माझ सार्वजनिक गरिएको छ ।

७. स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हाँसिल गर्ने उद्धेश्यका साथ २०७९ मंसिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरिएको छ ।

८.नगरपालिकाको बजार क्षेत्र देखी टाढा रहेका वडा नं। ५ देखि १४ सम्मका वडाहरुमा वडा तहमा नै सेवा प्रवाह गर्ने उद्धेश्यले आयोजना गरिएको सेवा प्रवाह घुम्ती शिविरको पहिलो चरणका वडा नं। ११ र १० र दोश्रो चरणका वडा नं। १२, १३ र १४ मा जम्मा। ९३ वटा योजना सम्झौता, १६७ जना व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण, ८६९ जनाको सामान्य स्वास्थ्य परिक्षण, २७८ जनामा कोभिड–१९ परिक्षण, २३ जनामा यौनरोग परिक्षण, ।३५१ जनाको आँखा परिक्षण, १२ जनामा मलेरिया परिक्षण, गरिएको छ । ११ वटा टोल विकास संस्था गठन गरिएको छ ।

९. बागलुङ बजार क्षेत्रको पार्किङ्ग व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापन जस्ता समस्या समाधान गर्न सरोकारवालहरुसंग समन्वयात्मक बैठक गरी समाधानको पहल गरिएको छ ।

१०. मालढुङ्गा देखी गणेशथान घुम्तीसम्म सोलार बत्ति जडान गरिएको छ ।

११.एसियाली विकास बैंक (ADB) मार्फत पुरानो अदालत चौपारी देखी तित्याङ, भकुण्डे, काप्रे सडकको २४ कि।मी मध्ये १५ कि।मी। यसै वर्ष स्तरोन्नती सहित कालोपत्रे गर्ने गरी समन्वय गरिएको छ ।

१२. नगरपालिकाको कार्यसम्पादनको लागि आवश्यक पर्ने ऐन कानुनहरु तर्जुमा तथा संशोधनको क्रममा २ वटा निर्देशिका, २ वटा कार्यविधि गरी जम्मा ४ वटा कानुन निर्माण भएका छन भने दुई ९२० वटा कानुन संशोधन गरिएको छ ।

१३. बागलुङ नगरका सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर तथा राष्ट्रिय परिचयपत्र बनाउनका लागि शिविर संचालन गरिएको छ ।

१४. सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीहरुको लागि हाल भत्ता नविकरण गर्ने कार्य संचालनमा रहेकोमा हाल सम्म १४ वटै वडाका ५२३५ जना लाभग्राहीहरुको सामाजिक सुरक्षाभत्ता नविकरण सम्पन्न भएको छ ।

१५. सवै वडाको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई अनलाईन प्रणालीमा लगिएको छ ।

१६. बालमैत्री नगर घोषणाको लागि १४ वटै वडामा वडास्तरीय बाल क्लव सञ्जाल, नगरस्तरीय बाल क्लव सञ्जाल र वडा नं १०, ११, १२, १३ र १४ को वालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ ।

१७. वागलुड। नगरपालिका अन्र्तगत संचालित अल्पकालिन सेवा केन्द्रका काम कारवाहीलाई अझ प्रभावकारी वनाउन जिल्लाका सवै पालिकाका प्रतिनिधि र सरोकारवालहरुको समन्वय वैठक गरिएको छ ।

१८. बागलुङ नगरपालिकाको लागि वैठक हल र सवारी साधन राख्नको लागि ग्यारेज निर्माणको लागि बोलपत्र निश्काशन भएको छ ।

१९. अमलाचौर लिफ्टीङी खानेपानी योजनाको सेवा क्षेत्र वडा नं ८, ९, १० र ११ समेतमा विस्तार गरी तत्काल कार्यान्वयनमा लैजान खानेपानी तथा ढल व्यवस्थापन विभागसंग अनुरोध एवम् समन्वय गरिएको छ ।

२०. बजार क्षेत्रको भुमिगत ढल व्यवस्थापन परियोजना निकट भविश्यमा वोलपत्र आव्हान हुने गरी खानेपानी ढल व्यवस्थापन कार्यालयलाई सहयोग एवम् सहजिकरण गरिएको छ । प्रस्तावित ढल प्रशोधन केन्द्र प्रभावित क्षेत्रका वासिन्दाहरु सहित जनप्रतिनिधिले विभिन्न क्षेत्रमा संचालित ढल प्रशोधन केन्द्रको अध्ययन अवलोकन गर्ने कार्य सम्पन्न भएको छ ।

२१. नगरपालिकाको समन्वय र सहजिकरणमा बा।न।पा। वडा नं। ४ उपल्लाचौर देखी पर्वतको नाग्लीवाङ जोडने झोलुङ्गे पुलको निर्माण कार्य प्रारम्भ भएको छ ।

२२. नगरपालिकाकार्यालयबाट हुने भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न EFT (Electronic Fund Transfer) System शुरु गरिएको छ ।

२३. बागलुङ देखी कुश्मा नगरपालिका जोड्ने विश्वकै लामो झोलुङ्खे पुलको विद्यमान लाईटिङ प्रणालीमा जोखिम देखिएको कारण हाललाई उक्त विद्युत लाईन बन्द गरी कुश्मा नगरपालिका र नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरी सुरक्षित तरिकाले बिजुली वत्ति जडान गर्न प्रक्रिया अधि वढाईएको छ ।

२४. बागलुङ नगरपालिका वडा नं ९ स्थित तामाखानी लामो समयदेखि अलपत्र अवस्थामा रहेकोले खानी संचालन गर्न वा खानी अध्धयनको क्रममा वनाईएका संरचनाको उचित व्यवस्थापन गरि जोखिम व्यवस्थापनका लागि खानी तथा भुगर्भ विभागका महानिर्देशक ज्युसंग छलफल भए पछि विभाग मार्फत सम्वन्धित कम्पनीलाई पत्राचार गरिएको छ ।

२५. बागलुङ नगरपालिकाको व्यवस्थित कार्यालय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारीहरु र विभिन्न निकायसंग औपचारिक अनौपचारिक छलफल एवम् वैठक गरि समस्या सामाधानको लागि पहल गरिएको छ ।

२६. दावगरा बसपार्क संचालन सम्वन्धमा देखिएका समस्या सामाधान गरि सकेसम्म छिटो वसपार्क संचालन गर्न कार्यदल गठन गरि कार्य अघि वढाइएको छ ।

२७. हरेक वर्ष भदौको पहिलो मंगलवार बागलुङ नगरपालिका वडा नं १२, अमलाचौर स्थित भैरवस्थान मन्दिरमा संचालन हुने मेलालाई बागलुड नगरपालिकाको सहयोग र समन्वयमा प्रथम हरेलो मेला आयोजना गरिएको छ ।

२८. बाङ्खेचौर खेल मैदानमा व्यवस्थित रंगशाला निर्माण परियोजना अघि वढाउन वातावरणीय प्रभाव मुल्याङ्कन गर्न प्रक्रिया अघि वढाईएको छ ।

२९. नगरपालिका भित्रको शैक्षिक गुणस्तर अभिवृद्घिका लागि सवै शिक्षकहरुलाई शिक्षक डायरी वितरण, सामुदायिक विद्यालयका प्रधानाध्यापक संग कार्य सम्पादन सम्झौता, कक्षा १ देखी ३ सम्म निरन्तर मुल्याङ्कन पद्घतिको शुरुवात गरिएको छ ।

३०. सिंगाना स्वास्थ्य चौकीमा वर्थिङ्ख सेन्टर स्थापनाको लागि पुर्वतयारी पुरा गरिएको छ ।

३१. बागलुङ नगरपालिका वडा नं ३ स्थित कृषि सामग्री संस्थानको गोदाम घर रहेको जमिन सार्वजनिक पार्किङ्ग लगायत बहुउदेश्यीय प्रयोजनमा प्रयोग गर्न कृषि सामग्री संस्थान संग लिजमा जमिन उपलव्ध गराउने सम्वन्धमा छलफल भई प्राप्त हुने प्रक्रियामा रहेको छ ।

३२. कालीगण्डकी करिडोरको मालढुङ्गा–वलेवा एअरपोर्ट खण्ड सडक स्तरोन्नती सहित कालोपत्रे गर्ने योजना यथाशक्य छिटो अघि बढाउन सडक विभागसंग अनुरोध गरिएको छ । नगरपालिकाको समन्वय र सहजिकरणमा बा।न।पा।–९ को वयानव्वे डांडा–सिगानापुल–वडा कार्यालय–वौडेचौर सडक कालोपत्रे सहित स्तरोन्नती गर्ने योजनाको डिभिजन सडक कार्यालयवाट वोलपत्र आव्हान भई खरिद प्रक्रियाको अन्तिम चरणमा पुगेको छ