शिक्षा मन्त्री गलैंचा ओछ्याएर खाल्डोमा

-


     हिडन खबर    
     भाद्र ८ गते २०७९ मा प्रकाशित


नेपाल सरकारका शिक्षामन्त्रीको रोचक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल आफुले अध्ययन गरेको बागलुङ नगरपालिका वडा नम्बर-१३ पैँयुपाटामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको भवनको शिलान्यास गर्न खाल्डोमा गलैँचा माथि पलेटि कसेर बसेकाे फोटो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

मन्त्री पौडेलले बुधबार विद्यालयको भवन शिलान्यास गरेका हुन । नेपाल सरकारको रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा भवनकोलागि बजेट विनियोजन भएको थियो ।

कोट पाइन्टमा सजिएका मन्त्री पौडेलले खाल्डोमा टिफर्म माथि गलैँचा बिछ्याइएर पलेटि कसेर बसेको फोटो देख्दा पनि निकै रोचक देखिन्छ । हेर्नुहोस् अर्को तस्बिर