नेपाल बन्द: सुनसान बागलुङ, ५ बन्द कर्ता पक्राउ

- बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

-


     हिडन खबर    
     भाद्र ७ गते २०७९ मा प्रकाशित


बागलुङमा नेपाल बन्दको आयोजाना गर्ने ४ दलीय कम्युनिस्टका ५ जना पार्टीकार्यकर्ता पक्राउ परेका छन् ।

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुतीले नेतृत्व गरेको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताउनु भयो ।

राष्ट्रियता स्वाधीनता माथिको हस्तक्षेप जनतन्त्र जनजिविका असिमिट मुल्य बृद्वि, कालोबजारी भ्रष्टाचार, कमिसन खोर लगायत समसामयिक बिषयमा वर्तमान सक्ता गठबन्धन सरकारको बिरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव बागलुङ जिल्लामा आंशिक परेको छ ।

बन्द आयोजना गर्ने ४ राजनीतिदलले एमसिसि सम्झौता, एसपिपि परियोजना खारेजीको बिरूद्व आन्दोलनमा भएको समेत बिज्ञप्ती मार्फत जनाएको छ ।

बढ्दो महंगी भ्रष्टाचार नागरिक बिधयक लगायतका समसामयिक बिषयमा केन्द्रीत भएर नेपाल बन्दको आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी चन्द समुहका बागलुङ म्याग्दी तथा मुस्ताङ इन्चार्ज ध्रुव घिमिरेले बताए ।

बन्दका कारण बागलुङ बाट छुट्ने काठमाडौँ, पोखरा, नारायणगढ बुटवल, काँकडभिट्टा, बिरगंज, लगायतका दर्जनौं जिल्लामा बस, मिनि बस, माइक्रो बस बिहानैदेखि ठप्प छ ।

बागलुङ बजारका पसलहरू सामुदायिक बिद्यालय ,निजी बिद्यालयमा समेत पढाइ प्रभावित बनेको छ । नेपाल बन्द सफल पार्नको लागि बागलुङ सदरमुकाममा सोमबार मशाल जुलुस समेत प्रदर्शन गरेको थियो ।