
हाम्रो समाज कति सम्म निर्मम र हिंसक बन्दै गइरहेको छ भन्ने उदाहरण एकपछि अर्को गरि सार्वजनिक हुँदै गइरहेको छ ।
सँगै बाच्न सँगै मर्ने कसम खाएर विवाहित जिवनमा बाँधिएका दम्पती यतिबेला निर्दयी र निर्मम बन्दै गइरहेको छ ।
बागलुङ जिल्लामा एक साताअघि टाउको नभएको एउटा लास निसीखाेलामा देखियो ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त टाउको नभएको लास आफ्नो श्रीमतीले रिसमा आएर घरेलु हतियार प्रयोग गरि हत्या गरेको रहस्य खुलेको हाे ।
बागलुङ जिल्लाकाे निसीखाेला गाउँपालिकामा केही दिन अघि घाँटी काटिएको अवस्थामा फेला परेको लासकाे अनुसन्धान गरि प्रहरीले हत्याकाण्डका अभियुक्त फेला पारि सार्वजनिक गरेको छ ।
प्रहरीले घटनाको जानकारी पाएकाे ५६ घण्टा भित्र हत्याकाण्डका अभियुक्त पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गरि निसिखाेला हत्याकाण्डका अभियुक्त सार्वजनिक गरेको हाे ।
२०७९ साल भदौ १ गते ११.१५ बजे जिल्लाकाे निसिखाेला गाउँ पालिका वडा नम्बर ४ कालीमाटी स्थित निसीखाेलाकाे किनारमा निसीखाेला गाउँ पालिका ५ का २५ बर्षिय तुलबहादुर बिक घाँटी काटिएको टाउको नभएको लास परेपछि अनुसुन्धान गर्दा मृतककाे श्रीमती कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरि बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाइ हत्या गरेको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालयका एसपी दयानिधी ज्ञावलीले बताउनुभयो ।
२०७९ साल श्रावण २५ गते रातको समयमा भएको हत्याकाण्ड लाई घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाट गएको टाेलीले सुक्ष्म रूपमा अनुसन्धान गरि तुलबहादुरकाे हत्यामा श्रीमती कुमारी कामी र घटनाको सुचना लुकाएको अभियाेगमा कुमारी कामीकि बहिनी मनिषा बिकलाइ भदौ ४ गते पक्राउ गरि जिल्ला अदालत बागलुङमा ५ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्याकाण्डका अभियुक्त र घटनामा प्रयोग गरेको घरेलुु हतियार समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियोे ।
७ बर्ष अघि बिवाहा गरेका तुलबहादुर र कुमारी बिच राम्रो सम्बन्ध नभएको मृतक श्रीमानले मदिरा सेवन गरि पिट्ने गरेको बाहिर महिला संग सम्बन्धकाे कारण घरमा कलह हुने गरेपछि हत्या गरेको भनिएको छ ।प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले छाेटाे समयमा यस्तो जघन्य हत्याकाण्डकाे सुक्ष्म अध्ययन गरि अभियुक्त पक्राउ गरेको यो पहिलो घटना हाे ।









