माओवादी केन्द्रको केन्द्रीय सचिवमा बागलुङका ३ जना

- केन्द्रको सचिवमा बागलुङका दिनानाथ शर्मा, देवेन्द्र पौडेल र हितमान शाक्यले जिम्मेवारी पाएका हुन् ।

-


     हिडन खबर    
     भाद्र ५ गते २०७९ मा प्रकाशित


गत पुसमा महाधिवेशन सम्पन्न भएर पनि चयन हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केद्रीय समितिले शनिबार पदाधिकारी चयन गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बाकी भएको पदाधिकारी चयन गरि जिम्मेवार दिएका हुन् ।

माओवादी केन्द्रको सचिवमा बागलुङका दिनानाथ शर्मा ,हितमान शाक्य र देवेन्द्र पौडेलले महत्त्वपूर्ण पदमा जिम्मेवारी पाएका हुन् । दिनानाथ शर्मा र देवेन्द्र पौडेल बागलुङ नगरपालिका वडा १२ का हुन् भने हितमान शाक्य बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी हुन् ।

केन्द्रिय समितिका पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ प्रकाश , उपाध्यक्ष कृष्णबहादुर महरा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव चयन भएका छन् । यस्तै सचिवहरूमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की कोषाध्यक्ष श्रीराम ढकाल ।

केन्द्रको गत पुस १९ गते महाधिवेशन सम्पन्न भएपनि पदाधिकारी चयन गर्न सकेको थिएन ।पार्टीको शक्तिशाली पदको रूपमा रहेको महासचिवमा जनार्दन शर्मा र बर्षामान पुनको दाबी रहेको कारण अन्य पद समेत टुंग्याउन सकेको थिएन लामो कसरत पछि पार्टी अध्यक्ष दाहालले नेतृत्व चयन सर्वसम्मत रूपमा टुंगाउन सफल भएका छन् ।