
बागलुङमा बिद्यार्थीहरुका लागि आधारभूत पत्रकारिता, समाचार लेखन, उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

बागलुङमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालय द्वारा आयोजित तालिम शनिबार सम्पन्न भएको हो ।
विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको क्षमता विकास र पत्रकारिताको ज्ञान वृद्धि गर्ने उद्देश्यले शुक्रबार र शनिबार २ दिनसम्म आयोजना गरिएको कार्यक्रमले व्यावहारिक क्षमताको बिकास गरेको तालिममा सहभागी बिद्यार्थी सृष्टि पौडेलले बताउनुभयो ।
“बिद्यार्थी सधैं ज्ञानका भोका छौँ, सिक्ने उमेरमा यस्ता महत्त्वपूर्ण सिकाइले हामीलाई थप उर्जाशिल बनाएछ, पौडेलले भन्नुभयो, यस्ता प्रकारका तालिमहरु बेलाबखतमा सञ्चालन हुनु आवश्यक छ” ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बिद्यालयको यो प्रयासलाई सबैले सिको गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बिद्यार्थीहरुमा अन्तरनिहित क्षमतालाई थप जागरुक गराउन आयोजित तालिम पुर्ण रुपमा सफल भएको कार्यक्रमका प्रशिक्षक समेत रहनुभएका नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

बिद्यालयको अनुरोध सहर्ष स्विकार गरि २ दिन सम्म निकै महत्त्वपूर्ण एवं उपलब्धिमुलक रहेको समापन कार्यक्रमका अध्यक्ष समेत रहेका बिद्यालयका सहायक प्रधानाध्यापक शुरेन्द्र शाक्यले बताउनुभयो ।

तालिमकै चरणमा प्रसिद्ध कालिका भगवती मन्दिर तथा विश्वकै लामो फुलको अवलोकन गरिएको थियो।
सो अवसरमा बिद्यार्थीहरु द्वारा विविध सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रस्तुत गरिएको थियो ।



समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रमा यस्ता खालका तालिहरु निकै महत्त्वपूर्ण हुने देखिएको छ । तालिमको प्रशिक्षण एभिन्युज टेलिभिजनका बागलुङ संवाददाता राजेशचन्द्र राजभण्डारी, माउन्टेन टेलिभिजनका बागलुङ संवाददाता सुवास आचार्य, न्युज24 टेलिभिजनका बागलुङ संवाददाता राम प्रसाद घिमिरे, विद्यालयका सहायक प्रधानाध्यापक शुरेन्द्र शाक्य र शिक्षक जीवननाथ शर्माले गर्नुभएको थियो ।
समापन कार्यक्रममा विधामन्दिर माविका प्रधानाध्यापक शान्तमणी ढाकाल, नेपाल पत्रकार महासंघ बागलुङका का.वा अध्यक्ष नवीन शिशिर विक, गैसस महासंघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।
विधालयका सहायक प्रधानाध्यापक सुरेन्द्र शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विधालयका शिक्षक केदार शर्मा र सञ्चालन तालिम संयोजक तथा शिक्षक जिवननाथ शर्माले गर्नुभएको थियो ।
विद्यालय तहमा सैद्धान्तिक शिक्षा सँगसँगै व्यवहारिक कुराहरू पत्रकारिता र नेतृत्व विकास तालिमले पढाइमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।













