
नेपाली हिन्दु धर्मावलम्बीले श्रीकृष्ण भगवानको मन्दिरमा पुगेर भगवान कृष्णको पुजा अर्चना गरेका छन् ।
बागलुङ सदरमुकाममा रहेको राधाकृष्ण मन्दिरमा बिहानदेखि नै भगवान् श्रीकृष्णको पुजा गर्ने भक्तजनको घुइँचो लागेको थियोे ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।
श्रीकृष्ण जन्माष्टमी पर्व पारेर बागलुङ बजारको राधाकृष्ण मन्दीरको भवनमा करिव १८ लाखको लागतमा कलात्मक राधाकृष्णका आकृतिहरु बनाइएको छ । मन्दीरको गेट तथा आकृतिहरुको बागलुङ नगरपालिकाका नगर प्रमख वसन्त कुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । बागलुङ जिल्लाका राधा कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका लागि भक्तजनको उल्लेखिय उपस्थिति रहेको ।









