विद्यामन्दिर माविका ७ विद्यार्थीलाई सुजन वैद्य स्मृति शैक्षिक कोषबाट सहयोग

-


     हिडन खबर    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित


विद्यामन्दिर माध्यमिक विद्यालयमा स्थापना गरिएको सुजन वैद्य स्मृति शैक्षिक कोषले विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीलाई सहयोग गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ५ जनालाई विद्यार्थीलाई भर्ना शुल्क,विद्यालय पोषाक र सिलाई खर्च गरी जनही ६ हजार र कक्षा ११ मा विज्ञान र १२ मा विज्ञान संकायमा अध्ययनरत १- १ जना विद्यार्थीलाई शैक्षिक सहयोग गरिएको हो ।

कोषबाट नयाँ कक्षा ११ मा शिक्षा संकायमा भर्ना भएको अप्सरा बोहोरा, निरुता गोतामे, तुफान परियार, यस्टर विक र व्यवस्थापन संकाय अध्यनका लागि भर्ना भएका एलिना बोहोरालाई भर्ना बापतको ४ हजार, १ हजार ६ बाराबरको विद्यालय पोषाक र सिलाई खर्च बापत लाग्ने ४ सय गरि प्रति विद्यार्थी ६ हजार सहयोग गरिएको हो । त्यस्तै कोषबाट कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत रुविना रिजाल र १२ का अञ्जिता शर्मालाई १ हजार ६ बराबरको विद्यालय पोषाक र सिलाई खर्चबापत लाग्ने ४ सय गरि दुई दुई हजार सहयोग गरिएको थियो ।

शैक्षिक सहयोग कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले सक्षम र असल नागरिक बनाउका लागि यस्ता कोषले सहयोग पु¥याउने बताउनु भयो ।

थापाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयय व्यवस्थापन समिति,शिक्षक, विद्यार्थी र अभिभावको सक्रियता र क्रियाशिलता आवश्यक रहेको बताउनु भयो । विद्यार्थीहरुको भविष्य असल शिक्षकको हात हुने भएकोले विद्यालयको शैक्षिक वातावरण राम्रो बनाएर शैक्षिक परिणाम ल्याउन सबै लाग्नु पर्ने प्रमुख थापाले बताउनु भयो ।

कार्यक्रममा विद्यामन्दिर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य ,पूर्वअध्यक्ष सुभासचन्द्र राजभण्डारी,पूर्व प्रध्यानाध्यापक जगन्नाथ आचार्य, नेपाल रेडक्रश सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य,अधिवक्ता कृतिनाथ शर्मा,महिला हित बचत तथा ऋण सहकारीका अध्यक्ष लिला देवी खड्का,शिक्षक छविरमण रेग्मी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कोषका अध्यक्ष निर्मल बहादुर श्रेष्ठको अध्यक्षता,कोषाध्यक्ष लक्ष्मी बाँस्कोटाको स्वागत विद्यालयमा प्रधानाध्यापक शान्तमणि ढकालको धन्यवाद मन्तव्य र कोषका सचिव मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका वडा नं ३ गणेश टोल निवासि बुबा निर्मल वैद्य र आमा केशव माया वैद्यका कान्छा छोरा सुजन वैद्य विसं २०३१ सालमा जन्मिएका थिए ।विद्यामन्दिर माविका पूर्वविद्यार्थी वैद्य रोजगारीको सिलसिलामा बेलायतमा उनको निधन भएको थियो ।

विद्यामन्दिर माविका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले उनको परिवार र उनका समकालिन साथीहरुले ४ लाख ५० हजार राशिको सुजन वैद्य स्मृति शैक्षिक कोष स्थापना गरेको कोषका अध्यक्ष निर्मल बहादुृर श्रेष्ठले जानकारी दिनु भयो ।