
विद्यालय एवं प्रभावकारी शैक्षिक गतिविधि सञ्चालनका लागि हरेको विद्यालयमा व्यवस्थापन समिति हुनु जरुरी हुन्छ । तर बागलुङ जिल्लाको एक बिद्यालयमा भने २ वर्ष देखि व्यवस्थापन समिति बिहिन हुँदा समेत गठन गर्नतर्फ चासो नदिएको पाइएको छ ।
विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको २ वर्ष बितिसक्दा समेत बागलुङको एक विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
बागलुङ जिल्लाको सदरमुकाममा रहेको रुद्रेपिपल माध्यमिक विद्यालयमा विगत २ वर्षदेखि विद्यालय व्यवस्थापन समिति बिहिन हुन पुगेको हो ।
गरिब तथा विपन्न समुदायका सहित करिब ६ सय बिद्यार्थी अध्ययनरत उक्त विद्यालयमा व्यवस्थापन समिति बिहिन अवस्थामा सञ्चालन भइरहेको हो ।
२०७७ असारमा पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यअवधि सकिएको भएता पनि हाल सम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो ।
व्यवस्थापन समितिकै अभावका कारण बिद्यालय पटकपटक बिद्यार्थी पिटिने घटना दोहोरिएको भएपनि विद्यालय प्रशासनले कुनै कदम नचालेको उल्टै ढाकछोप गर्न खोजेको अभिभावकको गुनासो रहेको छ ।
२०७४ असार १४ अमृत बहादुर खड्का अध्यक्ष रहेको गठन भएको समितिको पदावधि ३ वर्ष हुने नि भएपनि पदावधि सकिएको २ वर्ष सम्म नयाँ समिति गठन हुन नसक्दा शैक्षिक गतिविधिमा नै समस्या परिरहेको विद्यालयका अभिभावक सुरज शाक्यले गुनासो गरेका छन् ।
शिक्षा नियमावलीको नवौं संशोधन २०७७ को परिच्छेद ६ को २३ को १ मा उल्लेख भएअनुसार व्यवस्थापन समितिको पदावधि सकिन १ महीना बाँकी रहँदै प्रधानाध्यापकले नयाँ समिति गठन प्रक्रिया अगाडि बढाउनुपर्ने व्यवस्था छ ।
विद्यालय प्रशासनको लापर्वाहीले गर्दा हाल सम्म नयाँ समिति गठन हुन नसकेको स्थानियवासीले आरोप लगाएका छन ।
निर्धारीत समयमा विद्यालयको आयव्यय प्रस्तुत गरेर नयाँ समिति गठनको लागी अविभावक भेला नवोलाउदा विद्यालय प्रशासन प्रति शंका गर्ने ठाउँ रहेको अभिभावक प्रकाश बोसेलको भनाइ रहेको छ ।
पुरानो विद्यालय व्यवस्थापन समिति विगठन र नयाँ समिति गठन प्रक्रिया अन्योलमा परेकै कारण विद्यालयको दैनिक प्रशानिक कार्य प्रभावित बनेको छ ।
यता २ वर्षसम्म किन व्यवस्थापन समिति गठन नगरेको भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक राजेश श्रेष्ठले कोरोनाको कारण गठन गर्न नसकिएको र अब केही दिनमै गठन गरिने बताएका छन् ।
शिक्षा नियमावलीमा प्रभावकारी शैक्षिक गतिविधि सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको परिकल्पना गरि कानुनी व्यवस्था गरेपनि कतिपय विद्यालयमा प्रधानाध्यापककै मनोमानीका कारण गठन हुन नसकेको बेलाबखतमा सुनिने गरिन्छ ।












