फोनिज बागलुङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

- फोनिज बागलुङको आयोजना स्थापना दिवसको अवसरमा 'पत्रकार र पत्रकारिता' विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

-


     हिडन खबर    
     श्रावण २७ गते २०७९ मा प्रकाशित


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २३ औँ स्थापना दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

फोनिज बागलुङको आयोजना स्थापना दिवसको अवसरमा ‘पत्रकार र पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका सभापति एवं फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अवधारणा पत्र प्रस्तुत गरिएको थियो ।

पत्रकार र पत्रकारिता कस्तो हुनुपर्छ ?, फोनिज के हो ? नेपालमा पछिल्लो पत्रकारिता कस्तो छ र कस्तो हुनुपर्छ भन्ने विषयमा सहभागीले मन्तव्य राखेका थिए ।

कार्यक्रम फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बम बहादुर गुरुङको प्रमुख आतिथ्यता र सचिव डम्बर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।