विद्यार्थीलाई आधारभूत पत्रकारिता तालिम सञ्चालन हुने

- बागलुङ बजारमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालयमाकाे आयोजनामा भदौ ३ र ४ गते तालिम सञ्चालन हुने भएको हो ।

-


     हिडन खबर    
     श्रावण २७ गते २०७९ मा प्रकाशित


बागलुङमा माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुका लागि आधारभूत पत्रकारिता, समाचार लेखन, उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि २ दिने तालिम सञ्चालन हुने भएको छ।

बागलुङ बजारमा अवस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालयकाे आयोजनामा भदौ ३ र ४ गते बिद्यालयको सभाहलमा उक्त तालिम सञ्चालन हुने भएको हो ।

विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत बिद्यार्थीहरुको क्षमता विकास र पत्रकारिताको ज्ञान वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको विद्यालयका शिक्षक एवं तालिमका संयोजक जिवननाथ शर्माले बताउनुभयो ।
“बिद्यार्थीहरुमा किताबी ज्ञानको अलावा उनीहरूको अन्तरनिहित क्षमता विकास गर्दै पत्रकारिताको क्षेत्रमा सक्रिय गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो, संयोजक शर्माले भन्नुभयो “बिद्यार्थी काँचो माटो जस्तै हुन जसमा असीमित क्षमता हुन्छन हामीले क्षमताको पहिचान गरि समाजको नेतृत्वदायी जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरेका हौं” ।

तालिममा विद्यालयका करिव १ सय जना बिद्यार्थीको सहभागिता हुने विद्यालयले जनाएको छ ।

समाजको ऐना मानिएको पत्रकारिताको ज्ञान बिद्यार्थीहरुमा वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन हुनेकुरा सकारात्मक रहेको विद्यालयका सहायक प्राधानध्यापक शुरेन्द्र शाक्यले बताउनुभयो ।
“विद्यालय तहमा सैद्धान्तिक शिक्षा सँगसँगै व्यवहारिक कुराहरू पत्रकारिता र नेतृत्व विकास तालीममा सहभागी भएर पढ्न, जीवन उपयोगी ज्ञान हासिल गर्न सहज हुने छ” शाक्यले भन्नुभयो “यस्ता प्रकारका तालिमहरुले पढाइमा थप मद्दत पुग्ने विश्वास गरिएको छ”

समाजमा दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रमा यस्ता खालका तालिहरु निकै महत्त्वपूर्ण हुने देखिएको छ ।